News 24 Television
जम्कट्टेलले पाए तेश्रो पटक विश्वासको मत, सत्ता संकट कायमै

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । १५ महिनाको अवधिमा बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिएका छन् । सोमबार बागमती प्रदेशसभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरेका छन् । सत्ता समीकरणमा आएको फेरबदलसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि सोमबार प्रदेशसभाबाट फेरि विश्वासको मत लिएका हुन् ।  

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । २३ फागुनमा कांग्रेस सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता लियो । त्यसपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभा बैठकबाट विश्वासको मत प्राप्त गरेका हुन् । उनले प्रदेश सभा बैठकबाट विश्वासको मत प्राप्त गरेसँगै बागमतीको संकट टरेको छ । २५ पुस २०७० मा मुख्यमन्त्री नियुक्त भएका शालिकराम जम्कट्टेल १५ महिनाको अवधिमा सदनबाट तीन पटक विश्वासको मत लिएका छन् । प्रदेशसभामा विश्वासको मत संख्या पुर्याउन सकस देखिएपछि उनले हानेपालाई सरकारमा ल्याएर भएपनि मुस्किलले ५६ मत बटुल्न सफल देखिए । 

मुख्यमन्त्री जम्मकट्टेललाई गठबन्धनमा रहेका नेकपा एमालेको २७, मओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको १ गरी ५६ मत प्राप्त गरेर सत्ता जोगाउन सफल भए । उनको विपक्षमा कांग्रेसको ३७ मत रह्यो भने, नेमकिपाको ३ र राप्रपाको १२ गरी १५ सांसद तटस्थ बसे । यता, सरकारलाई विश्वासको मत दिए पार्टीले कारवाही गर्ने चेतावनी दिएको हाम्रो नेपाली पार्टीले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दियो । गत बिहीबार मात्रै सरकारमा प्रवेश गरेका प्रदेशका पर्यटन मन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशको संकट टार्न आफूले पार्टीको प्रवाह नगरी विश्वास मत दिएको बताउँछन् । 

यता, मुख्यमन्त्रीले प्रस्ताव गरेको विश्वासको मतको बिपक्षमा मतदान गरेको कांग्रेस अब प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहनेछ । तर प्रमुख प्रतिपक्षी दल भएपनि सरकारलाई गुण र दोषको आधारमा प्रतिपक्षी दलको व्यवहार देखाउने कांग्रेस बागमती संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको भनाइ छ । 

यसअघि उनले पहिलो पटक ३ माघ २०७९ मा १०५ सांसदले समर्थन गरेर विश्वासको मत लिएका थिए । सात राजनीतिक दल हरेको बागमतीमा उतीबेला प्रमुख प्रतिपक्ष दल कांग्रेस सहित ६ दलले विश्वासको मत दिएका थिए । प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु हुँदा बनेको माओवादी, एमाले, राप्रपा लगाएत दलहरु मिलेर बनेको गठबन्धन सरकार दुई महिना पनि टिकेन । केन्द्रमा एमाले सरकारबाट बाहिरिएर कांग्रेस, नेकपा एस लगाएत दलले सरकारमा इन्ट्री पाएपछि पुनः दोस्रो पटक १० चैत २०७९ मा ६७ सांसदको समर्थनमा विश्वासको मत पाएका थिए । 
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update