News 24 Television
अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न, तीन कवि सम्मानित

काठमाडौँ । परम्परागत  विश्व कविता लेखक सङ्गठन (टिपिडब्ल्युएडब्ल्यु) को चौथो अन्तर्राष्ट्रिय कवि सम्मेलन नेपालमा आयोजना गरिएको छ । मंगलबार यहाँ सम्पन्न सम्मेलनमा नेपाललगायत दक्षिण कोरिया, चीन, बेलायत र अमेरिकाका कविहरूको सहभागिता थियो ।

उक्त सम्मेलनका अवसरमा नेपालका तीनजना कविहरू क्रमशः भुवनहरि सिग्देल, सीताराम अधिकारी र प्रह्लाद पोख्रेललाई ‘येउ सुङ ग्यो’बाट सम्मान गरिएको थियो । 

सम्मेलन  टिपिडब्ल्युएडब्ल्यु सभापति कोरियाली कवि किम बोङ गुन र  नेपाल शाखाका सभापति प्राध्यापक रामकुमार पाँडेको संयुक्त अध्यक्षतामा भएको थियो ।

सम्मेलनमा  विभिन्न देशका परम्परागत कविताबारे कार्यपत्र प्रस्तुतिका साथै हाइकु र छन्दोबद्ध संरचनाका कविता पनि वाचन गरिएका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update