News 24 Television
मुगुमा खडेरीले हाहाकार, खेतमै सुक्न थाले बालीनाली

मुगु । हिमाली जिल्ला मुगुमा लामो समयदेखि वर्षा नहुँदा खडेरीले अन्नबाली सुक्न थालेपछि किसान चिन्तित छन् । मुगुमा करिब ७० प्रतिशत खेती आकाशे पानीको भरमा हुन्छ । तर, यस वर्ष वर्षा नहुँदा बाली तथा तरकारीहरु सुक्न थालेपछि किसान निराश भएका हुन् ।  

मुगुमा करिब ७० प्रतिशत खेती आकाशे पानीकै भरमा हुने गर्छ । तर, यो वर्ष वसन्त यामभर पानी नै परेको छैन । लामो समय पानी नपर्दा खेतहरु सुख्खा हुँदै खडेरीको अवस्थामा पुगेका छन् । पानी नपर्ने त्यसमा पनि चर्को घामका कारण अहिले मुगु क्षेत्रमा लगाईएका अन्नवाली सुक्न थालेका छन् । 

खडेरीले अन्नबाली सुक्न थालेपछि किसान चिन्तित छन्  । अन्य खाद्यन्न त परको कुरा खुर्सानी, टमाटर, प्याज, लसुन, फर्सी, काँक्रो लगायतका बिरुवासमेत सुक्दा किसान हैरान छन् । सिंचाइ कुलोको सुविधा भएका किसानले खेतबारीमा पानी हालेर अन्नबाली जोगाउन थालेका छन् भने सिंचाइबाट वञ्चित किसान आकाशे पानीको प्रतीक्षामा छन् । खडेरीले पानीका मुहानसमेत सुक्न थालेका छन् ।

यि हुन् छायाँनाथ रारा नगरपालिका ३ साँयाखोलाका रन्न कामि । उनले स्याउ खेतीका लागि केही दिन अगाडी एक सय वटा स्याउका बिरुवा कृषि कार्यालयबाट लिएका थिए ।  समयमै बर्षा नहुदा ति सबै बिरुवाहरु सुकेको उनी बताउँछन् ।  यति मात्र नभई  पशु चौपाया , भेडाबाख्राहरुलाई चरण क्षेत्रमा पनि समस्या भएको छ । 

मुगुमा मात्रै होइन कर्णाली प्रदेशका उपल्लो हिमाली जिल्लाहरुमा वर्षा नहुदा असोज, कार्तिक महिनामा लगाईएका जौ, गहुँ, उवा, धान लगायतका बालीहरु खडेरीको चपेटामा छन् ।  

मुगुवासीको मुख्य पेशा नै कृषि हो । कृषि विकास कार्यालय मुगुका अनुसार मुगुमा ११ हजार ४ सय ६१ हेक्टरमा खेति गरिन्छ । तर, ७० प्रतिशत किसान आकाशे पानीको भरमा खेति गर्ने गर्छन् । किसान खडेरीले मारमा परिरहँदा के छन् त सरकारी निकायसँग समाधानका उपाय ।

किसानको समस्या समाधानका लागी यस्तो बताउछन् कृषि विकास कार्यालय मुगुका बाली संरक्षण शाखा प्रमुख प्राविधिक प्रचण्ड नकाल देवकोटा 

खडेरीले मुगु मात्र नभई कर्णालीका उपल्लो जिल्लामा यस वर्ष रोपाइँ गर्न समेत मुस्किल हुने सम्भावना छ । 
दानबहादुर बुढा 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update