
काठमाडौं । टि–२० विश्वकपको तयारीमा रहेको नेपालले अष्ट्रेलियामा एकैदिन दोहोरो जित निकाल्न सफल भएको छ । अष्ट्रेलियामा पाँच खेलको अभ्यास खेल खेलिरहेको नेपालले स्थानीय क्लब अष्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) मािथ दोहोरो जित निकालेको हो ।
पहिलो खेलमा ४१ रनको जित निकालेको नेपालले दोस्रो खेलमा ६ विकेटको जित निकाल्न सफल भयो । पहिलो खेलमा स्टार बलर सन्दीप लामिछाने र ओपनर आसिफ शेख नायक बन्दा दोस्रो खेलमा अलराउन्डर दिपेन्द्रसिंह ऐरी नायक बने । टि–२० विश्वकपको तयारीमा रहेको नेपालले एकैदिन दोहोरो जित निकालेसँगै चर्चा पुन चुलिएको छ ।
टप एण्ड टि–२० सिरिजमा पुर्ण रुपमा असफल भएको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अभ्यास खेलमा भने हिट सुरुवात गर्न पुग्यो । अष्ट्रेलियन भुमिमा अभ्यासमा होमिएको नेपाली टोलीले एकैदिन स्थानीय क्लव अष्ट्रेलियन क्रिकेट टेरिटरी (एसिटी) संग दोहोरो जित दर्ता गर्न सफल भयो ।
जितसंगै टोली लयमा देखिएको छ । टप एण्ड टि–२० सिरिजका ६ खेलमा चार हार र दुई जित सहित नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । जहाँ नेपाली खेलाडीको समर्थकले चर्काे आलोचना गर्न सम्म भ्याएका थिए । उसो त एसिटी त्यति बलियो टोली भने होइन् ।
पहिलो खेलको नतिजा
बलिङ स्टार सन्दीप लामिछानेको ह्याट्रिक सहित पाँच विकेटको मद्दतमा नेपालले सानदार जित सुरुवात गर्न सफल भयो । एसिटी माथि ४१ रनको जित निकाल्न सन्दीप र ओपनर आसिफ शेखले समेत नायकी भुमिका खेले । ब्याटिङमा जमेका असिफले ५ छक्का र ४ चौकाको मद्दतमा ६९ रनको सानदार इनिङ खेल्दा नेपाल बलियो लक्ष्य प्रस्तुत गर्न सफल मात्रै भएन जितका लागि प्रर्याप्त बन्यो । नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पन्छाएको एसिटी १७.२ बलमा सबै विकेट गुमाउँदै १ सय ३६ रनमा समेटिन पुग्यो ।
एसिटीको व्याटिङ र नेपालको बलिङ
–जवाफी व्याटिङमा उत्रिएको एसीटीका ज्याक स्मिथले सर्वाधिक ५० रन बनाए ।
–काइ ब्रुन्करले २७ रनको अविजित इनिङ्स खेल्दा ज्याक २५ रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
–नेपालका लागि चार ओभर बलिङ गरेर ३१ रन खर्चिएका सन्दीपले सर्वाधिक पाँच विकेट लिए ।
–सन्दीपका अलवा करण केसीले २, रुपेश सिंह, गुल्सनकुमार झा र कुशल भुर्तेलको नाममा समान १÷१ विकेट लिए ।
नेपालको व्याटिङ र एसिटीको बलिङ
टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको थियो ।
–नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ६९ रन बनाए । ३८ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गर्न सफल भए ।
–कप्तान रोहितकुमार पौडेलले ३६ रन बनाउँदा आरिफ शेखले २४ र उपकप्तान दीपेन्द्रसिंह ऐरीको २१ रनको योगदानमा नेपालले बलियो लक्ष्य प्र्रस्तुत गर्न सफल भएको थियो ।
दोस्रो खेलको नतिजा
विहानी पखको पहिलो खेलमा सानदार जित निकालेको नेपालले दिउसो दोस्रो खेलमा समेत लय कायम राख्न सफल भयो । दोस्रो खेलमा जित निकाल्ने क्रममा अलराउन्डर दिपेन्द्रसिंह ऐरी नायक बने । बलिङ र ब्याटिङ दुबैमा चम्किएका दिपेन्द्रले ब्याटिङमा अविजित ४२ रन बनाउँदा साथमा ४ विकेट समेत लिन सफल भए ।
पछिल्ला खेलहरुमा निरन्तर आलोचनाको केन्द्र बन्द्रै आएका दिपेन्द्र लय समाउन सफल भएका हुन् । टप एण्ड टि–२० सिरिजमा पुर्णरुपमा आलोचनाको तारोमा परका दिपेन्द्रलाई कमजोरी टिमसंग राम्रो खेल्ने तर बलिया टोली विरुद्ध कमजोर प्रदर्शन गर्ने विश्लेषण समेत गरिदै आइएको छ । तथापी दिपेन्द्रको खेलकौशल बारे नेपाली क्रिकेट समर्थक जानकार नै छन् ।
नेपालको व्याटिङ र एसिटीको बलिङ
जवाफी ब्याटिङमा उत्रिएको नेपालले १३.२ बलमा चार विकेट गुमाउँदै जित निकाल्न सफल भयो ।
–नेपालका लागि दिपेन्द्रका अलवा ब्याटिङमा गुल्शनकुमार झाले २३ र आरिफ शेखले अविजित ११ रन बनाउन सफल भए ।
–एसिटीका लागि एसिटीका लागि इसाम रहमानले दुई तथा लुइस इभन्स र देव दुबे समान एक विकेट लिन सफ भए ।
एसिटीको ब्याटिङ र नेपालको बलिङ
टस हारेर ब्याटिङको निम्तो पाएको एसिटी १७.२ ओभरमा ९६ रनमै समेटिन पुगेको थियो ।
–एसिटीका लागि निक ब्रोएसले १६, ज्याक केओघ, मिकी म्याकनमारा र टम होगनले समान १५ तथा जेक स्मिथले १० रन जोड्न सफल भएका थिए ।
–बलिङमा नेपालका लागि दीपेन्द्र र शाहब आलमले समान चार विकेट लिँदा लिए ।
–कप्तान रोहितकुमार पौडेल र गुल्शनकुमार झाले समान एक÷एक विकेट लिँदै एसिटिको व्याटिङ लाइन धरासायी पार्न सफल भए ।
पाँच खेलको अध्यासमा नेपालले तीन खेल खेल्न बाकी छ । नेपालले साउथ अष्ट्रेलिया संग अगष्ट २८ मा खेल्नेछ भने सोहि टोलीसंग अनिन्त खेल अगष्ट ३० मा खेल्नेछ । अष्ट्रेलियामा अभ्यास खेल सकेर नेपाली टोली ओमानमा हुने टि–२० विश्वकप छनोटको तयारीमा जुट्नेछ ।