News 24 Television
मधेश प्रदेश सरकारबाट माओवादी आउट

काठमाडौँ । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै र जनता समाजवादी पार्टी नेपाल फुटेसँगै मधेश प्रदेशमा पनि यसको प्रभाव बढेको छ । केन्द्रमा सत्ताको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारको साथ छाडेको छ ।

जसपा नेपाल नेतृत्वको सरकारबाट माओवादी मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराई बाहिरिएका हुन् । उनीहरुले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका छन् ।

साहले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका भए पनि उनले स्वीकार गरेका थिएनन् । भट्टराई उद्योग तथा पर्यटनमन्त्री थिए । दुवै मन्त्री बाहिरिएसँगै माओवादीले मधेश मुख्यमन्त्री यादवलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरिरहेको छ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update