News 24 Television
कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट आज विश्वासको मत लिएका छन् । 

    आज बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गरेका छन् । उनको विपक्षमा भने शून्य मत परेको थियो । प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो । 

    आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । कूल ९३ सदस्यीय प्रदेशसभामा आज ६२ सांसद उपस्थित थिए ।

    विश्वासको प्रस्तावमाथि भएको छलफलमा नेकपा (एमाले)का प्रमुख सचेतक रेवतीरमण भण्डारी, नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जवेगुले विश्वासको प्रस्तावको पक्षमा मन्तव्य राखेका थिए ।

   कार्की तेस्रो पटक प्रदेश सरकारमा मुख्यमन्त्री बनेका हुन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update