ललितपुर । पाटन जेसिजको आयोजनामा प्रथम मेयर ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगितता सम्पन्न भएको छ । शनिबार पाटन माध्यामिक विद्यालयको सभाकक्षामा सम्पन्न भएको प्रतियोगितामा स्थानीय वडाको आथिएक सहयोग तथा बुद्धिचाल डट कमको प्राविधिक सहयोग रहेको आयोजकले जनाएको छ ।
उक्त प्रतियोगितामा १५६ जना खेलाडीले सहभागीता जनाएका थिए । प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई ललितपुरका मेयर चिरिबाबु महर्जनले पदक, ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए । साथै बेस्ट वुमेन, वेलो १७००, यू १४, यू १२ र यू १० का खेलाडीहरुलाई स्थानीय वडा नं. ९ का अध्यक्ष राज महर्जनले पुरस्कार प्रदान गरे ।
अर्को वर्ष यो प्रतियोगितामा अहिलेको भन्दा बढी नगद पुरस्कार राशी राखेर आयोजना गर्न पाटन जेसीज तयार रहेको कार्यक्रम संयोजक जेसी सुरेन्द्र अमात्यले बताए । पाटन जेसीजका अध्यक्ष जेसी यजुला डंगोलले पूर्व अध्यक्ष विजय मूल्की तथा वडा नं ९ बाट आर्थिक सहयोग पाएकोले यो प्रतियोगिता सम्पन्न गर्न सकिएको बताए ।
वडाध्यका महर्जनले दोस्रो मेयर प्रतियोगीतामा अझ राम्रो गर्ने बताए । मेयर महर्जनले बजेट अभावका बाबजुद पनि पाटन जेसीजले यो कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिँदै आगामी वर्ष बजेट थप्ने बताए ।