News 24 Television
देवदह नगर अस्पतालले मनायो चौथो वार्षिकोत्सव, १५ शैयाको अन्तरङ्ग र सुलभ फार्मेसी सेवा सुरु

रुपन्देही । रूपन्देहीको देवदह नगरपालिकाद्वारा सञ्चालित देवदह नगर अस्पतालले एक विशेष समारोहका बीच आफ्नो चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ। वार्षिकोत्सवका अवसरमा गत आईतबारदेखि अस्पतालले १५ शैयाको अन्तरङ्ग ओपीडी सेवा तथा सुलभ फार्मेसी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

2-1790844175.jpg
नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका संयोजक ध्रुवप्रसाद खरेलका अनुसार लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानको सहकार्यमा छिट्टै आँखा तथा कान उपचार सेवा सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

deb-1790843847.jpg
नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले संघियता कार्यान्वयनपछि रुपन्देहीका १६ स्थानीय तहमध्ये नगर अस्पताल र स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने देवदह पहिलो पालिका भएको बताए ।

la-1790844376.jpg
२४ सै घण्टा बिमासहितको आकस्मिक सेवा प्रदान गर्दै आएको यस अस्पतालबाट देवदहका साथै छिमेकी तिलोत्तमा, सुनवल र पाल्पाको माथागढीका बासिन्दाले समेत सुलभ र गुणस्तरीय उपचार पाइरहेका छन्।

vayo-1790844254.jpg
देवदह स्वास्थ्य चौकीका संस्थापक प्रमुख जयकिसान अधिकारीले २२ वर्ष सेवा गरेको स्मरण गर्दै अस्पताल स्वास्थ्यको हब बन्दै गएकोमा खुसी व्यक्त गरे ।

निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन चौधरीले अस्पतालको सुलभ फार्मेसीबारे जानकारी दिँदै गुणस्तरीय औषधि उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update