News 24 Television
मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंह नियुक्त

जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीका सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शुक्रबार मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

यसअघि मुख्यमन्त्री रहेका जसपा नेपालका सरोजकुमार यादवले विश्वासको मत गुमाएपछि सिंह नयाँ मुख्यमन्त्री बनेका हुन् । यादवले बुधबार प्रदेश सभामा विश्वासको मत लिएका थिए तर उनको पक्षमा विश्वासको मत पुगेन । सोही दिन प्रदेश प्रमुखले आज शुक्रबारसम्मको समय दिएर मुख्यमन्त्रीम दाबी पेस गर्न आह्वान गरेकी थिइन् । 

सिंह संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । उनको पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको साथ छ । प्रदेश सभामा यी पार्टीका सांसदहरुको साथले यनको पक्षमा बहुमत पुग्ने दाबी गरिएको छ । 

नवनियुक्त मुख्यमन्त्री सिंहले केहीबेरमा शपथ लिनेछन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update