लुम्बिनीका मुख्यमन्त्रीलाई दुई तिहाइ विश्वासको मत
                        
                        
                                                
                                            
                                                                    काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई दुई तिहाइ सांसदको विश्वासको मत प्राप्त भएको छ । मंगलबार प्रदेश सभामा उनले विश्वास मत लिएका हुन् । उनको पक्षमा ७० मत र विपक्षमा ११ मत परेको छ ।
आचार्य गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । लुम्बिनी प्रदेश सभामा कुल ८७ सांसद रहेकोमा बहुमतका लागि ४४ सांसदको मत आवश्यक पर्छ । तर मुख्यमन्त्री आचार्यले भने दुई तिहाइ बहुमत नै प्राप्त गरेका छन् ।
नेपाली काँग्रेस लगायत दलहरुको समर्थन पाएका मुख्यमन्त्री आचार्य एमाले संसदीय दलका नेता हुन् । मुख्यमन्त्री नियुक्त हुँदा उनी एमाले संसदीय दलको उपनेता मात्रै थिए । तर हालै मात्र एमालेले उनलाई संसदीय दलको नेता चयन गरेको हो । 
 
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १६:३१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
                                    
                                                                    