काठमाडौं । नेपालबाट मनसुन बाहिरिएसँगै काठमाडौं उपत्यकको वायुको स्थिति विग्रदो क्रममा छ । विशेषगरि विहानको समयमा वायुको अवस्था निकै खराब देखिने गरेको छ । शुक्रबार विहान पनि यही अवस्था दोहोरियो ।
दिउँसो केहीहदसम्म सुधार देखिने गरेको काठमाडौंको वायु विहानी समयमा भने स्वास्थ्यका लागि हानिकार रहेको छ । वायुको खराब अवस्था अझै केहिसमय कायम रहने देखिएको छ ।
पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकाको वायु विहानी समयमा निकै खराब मापन भइरहेको छ । वायु प्रदूषणको यस्तो खराब अवस्थाले काठमाडौंमा विहानी समयमा बाहिर निस्कनै जोखिमको बनाइरहेको छ ।
दिउँसोका समय केही सुधार देखिएपनि विहानी समयमा खेप्नु परेको वायु प्रदूषणले उपत्यकावासीमा अनेक प्रकारका स्वास्थ्य समस्या बढाइरहेको छ ।
वायुमा मानव स्वास्थ्य र वातावरणलाई नकारात्मक असर पु–याउने वस्तुहरु तोकिएको सीमा भन्दा बढि मात्रामा मिसिनु नै वायु प्रदूषण हो ।
वायु प्रदुषण हुने कारणहरुमा मानवीय क्रियाकलाप तथा प्राकृतिक दुवै कारणले हुने गर्दछ । तर पछिल्लो समय वायूको स्थिती विग्रनुको प्रमुख कारणमा प्राकृतिक भन्दा पनि मानवीय क्रियाकलाप नै बढि दोषी देखिन्छ ।
वायु प्रदुषणकै कुरा गर्ने हो भने पछिल्लो केहि दिनयता काठमाडौं उपत्यकाको वायु प्रदुषित हुने क्रम बढेको छ । विश्वको प्रदूषण मापनको अवस्था देखाउने आइक्युएयरका अनुसार शुक्रवार विहानसम्म काठमाडौं उपत्यकाको वायु निकै खराब अवस्थामा पुगेको थियो । तर साँझ केही सुधार देखिए पनि स्वास्थ्यको हिसाबले भने खराब नै रहयो ।
हरेक वर्ष सुख्खायाममा सुरुभएसंगै विग्रने वायुको अवस्था सुधारका लागि सरकारले कार्ययोजना त बनाएको छ तर त्यसमा खासै काम भने भएको देखिदैन ।
जाडो मौषम सुरु हुने वित्तिकै नेपालको मात्र हैन अन्य मुलुकमा पनि वायुको अवस्था खस्कने नै गरेको छ । अन्य मुलुकको कुरा गर्ने हो भने पाकिस्तानको हावाको अवस्था अहिले निकै खराब स्थितीमा पुगेको छ ।
पाकिस्तानको लाहोर अहिले विश्वभरको प्रदुषित शहरहरु मध्ये पहिलो नम्बरमा पुगेको छ । त्यस्तै छिमेकी मुलुक भारतको नयाँदिल्लीमा पनि वायुको अवस्था निकै खराब देखिन्छ ।
यसरी अन्य नजिकका मुलुकको वायुको अवस्था विग्रदा उक्त हावा नेपालमा पनि वहने गर्दा पनि थप समस्या देखिने विज्ञ औलाउँछन् । प्रभाव कम गर्ने प्रयास समेत भइरहेको छ ।
डब्लुएचको मापदण्ड अनुसार हावामा पीएमको मात्रा १० माइक्रोग्राम पर मिटर क्युबभन्दा बढी हुनुहुँदैन । तर नेपालको हावाको गुणस्तर हेर्ने हो भने विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा आठ गुणा भन्दा बढी हानिकारक कार्बन समेत मापन भएको छ । नेपालमा वायु प्रदूषणकै प्रभावबाट वर्षेनी ४२ हजार भन्दा बढिको मृत्यु हुने गरेको छ ।