काठमाडौं । महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर दोस्रो बढि देखिने क्यान्सर मध्येमा पर्दछ । नेपालमा पनि पाठेघरको मुखको क्यान्सरबाट प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने गरेको तथ्याक छ । जसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले एचपिभी खोप अभियान सञ्चालन गदै आइरहेको छ ।
सरकारले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर निवारण गर्ने लक्ष्य समेत राखेको छ । सोही अनुरुप सरकारले पुनः आउँदो माघ २२ देखि फागुन ५ गते सम्म खोप अभियान सञ्चालन गर्ने भएको छ ।
आउँदो माघबाट सुरु हुने खोप अभियानका लागि १९ हजार भन्दा बढि स्कूल तथा ८ हजार स्वास्थ्य संस्थाबाट एचपिभी खोप प्रदान गरिने छ ।
सरकारी तथ्यांक अनुसार नेपालमा बर्षेनी २ हजार १ सय ६९ जना महिला पाठेघरको मुखको क्यान्सरबाट पिडीत हुने गरेका छन् । त्यसमध्ये १ हजार ३ सय १३ महिलाले पाठेघरको क्यान्सरकै कारण ज्यान समेत गुमाउँने गरेका छन् ।
पाठेघरको मुखको क्यान्सरबाट जोगिन पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप, समयमा परीक्षण तथा उपचार विधिनै उपयुक्त माध्यम मानिन्छ । पाठेघरको मुखको क्यान्सरबाट महिलालाई जोगाउँन भन्दै सरकारले पछिल्लो समय पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान समेत संचालन गदै आएको छ ।
जस अन्र्तगत रहेर आगामी माघ २२ गते देखि फागुन ५ गते सम्म किशोरी लक्षित एचपीभी खोप अभियान सञ्चालन गरिन लागिएको छ । आउँदो माघबाट सुरु हुने खोप अभियानमा करिब १६ लाख किशोरीहरुलाई खोप दिने सरकारको लक्ष्य छ ।
जसमा मुलुकभरका १९ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थाबाट खोप प्रदान गरिने छ । सरकारले प्रदान गदै आएको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप १० देखी १४ वर्षसम्मका किशोरीहरुलाई दिन लागिएको खोप शाखाले जनाएको छ ।
’सिकोलिन’ नामक उक्त खोपले नेपालमा बढी मात्रामा देखिएको पाठेघरको मुखको क्यान्सरका १६ देखी १८ प्रजाती रोकथाम .र नियन्त्रणका लािग प्रभावकारीका साथै सुरक्षित समेत भएको खोप शाखाले जनाएको छ।
विश्वभरको तथ्यांक केलाउँने हो भने पनि पाठेघरको मुखको क्यान्सरको अवस्था भयावह नै देखिन्छ । हाल विश्वभर पाठेघरको मुखको क्यान्सरको संख्या ५ लाख ७० हजार देखिएकोमा सन् २०३० सम्ममा ७ लाख पुग्ने अनुमान समेत गरिएको छ ।
त्यस्तै मृत्यु हुनेको संख्यापनि बढ्ने अनुमान गरिएको छ । नेपालमा पनि पाठेघरको मुखको क्यान्सर जटिल बन्दै गएकाले किशोरी अवस्था मै प्रदान गरिने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप निकै महत्वपूर्ण भएको चिकित्सकको भनाइ छ ।
सानो उमेरमानै खोप प्रदान गर्दा भविष्यमा हुने पाठेघरको मुखको क्यान्सर रोगथाममा मदत पुग्ने चिकित्सक बताउँछन् ।। तर तोकिएको उमेर कटेका महिलामा खोप प्रदान गर्दा खोपको प्रभावकारी नहुने भएकाले महिलाहरुले समय समयमा परिक्षण गर्न आवश्यक भएको चिकित्सक बताउँछन् ।
ह्युमन प्यापिलोमा भाइरसका कारण पाठेघरको मुखको क्यान्सर हुने गर्दछ । जसबाट जोगिन खोप नै प्रभावकारी र सुरक्षित माध्यममा रुपमा मानिएको छ । तर पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप बाल तथा किशोर अवश्थामा लगाइएमा जति प्रभावकारी हुन्छ, त्यतिनै बढि उमेर अर्थात २६ वर्ष भन्दा माथिका महिलाले लगाए यसको प्रभावकारीता भने रहदैन ।
त्यसैले हाल सरकारले बालिका केन्दित पाठेघरको क्यान्सर विरुको खोप अभियान संचालनमा ल्याउँनु क्यान्सर रोकथाम र नियन्त्रणका महत्वपूर्ण कदमका रुपमा समेत लिन सकिन्छ ।