News 24 Television
वीर अस्पतालमा सुधारै–सुधार ! विरामीलाई छैन हैरानी !

काठमाडौं । मुलुककै जेठो अस्पतालका रुपमा रहेको वीर अस्पतालको सेवा तथा व्यवस्थापन फितलो भएको गुनासो कुनै समय धेरै नै सुनिने गरेको थियो । तर, पछिल्लो समय वीरको व्यवस्थापनमा सुधार आएको प्रतिक्रिया दिनेहरु बढेका छन् । 

हाल वीर अस्पताले कम भएको जनशक्तिलाई पूर्ति गर्ने देखि अन्य प्रशासनिक क्षेत्रमा समेत सुधार ल्याउँदा सेवामा सहजता आएको हो । सरकारी अस्पताल त्यसमाथि पनि वीर अस्पताल भन्ने वित्तिकै टिकट काउन्टरमा लामो लाईन, भीडभाड, अस्तव्यस्त अवस्था भन्ने जस्ता विषय सबैमा मानसपटलमा आउँने   गर्दछ । तर, वीर अस्पतालले पछिल्लो समय आफ्नो धमिल्एिकोे छवीलाई सुुधार गर्ने प्रयास गरेको देखिन्छ । हाल वीरमा पुग्ने सेवा ग्राहीले पनि विगतको तुलनमा हाल वीर अस्पताल केहि व्यवस्थित भएको महसुस गरेको बताउँछन् । 

त्यस्तै, केहि सेवाग्राही वीर अस्पतालको सेवा तथा व्यवस्थापन सुधार भए पनि अस्पतालमा कार्यरत केहि कर्मचारीको रुखो व्यवहार परिर्वतन आवश्यक भएको बताउँछन् । 

सेवा र भौतिक संरचना विस्तार 

–    ५ सय ६० शैयाबाट ९ सय ६० शैया पु¥याइयो 

–    २१ शैयाको आईसीयु संख्यालाई बढाएर हाल ६४ शैयामा विस्तार

–    विशिष्टिकृत सेवाका लागि जर्नरल मेडिसीन, हेमाटोलोजी, मुटु न्यूरो 

सर्जरी, अन्य सर्जरी लगाएतका विभिन्न विधाका उपचारका लागि समेत छुट्टा–छुट्टै आईसीयु कक्षको व्यवस्था 

–    २०७२ को भूकम्पको प्रभावले बन्द भएको जलनको उपचार समेत सञ्चालनमा

–    १५ शैयाको विशिष्टिकृत जलनको उपचार सेवा सञ्चालनमा 

तर अस्पतालले यसरी सेवा थप गर्दा पनि बिरामीको चाप बढेका कारण अस्पतालले दिने सेवा पर्याप्त भने छैन । 

वीर अस्पतालमा हाल ५२ शय्याको आकस्मिक कक्ष सञ्चालित छ । तर आकस्किम कक्ष साघुरो तथा श्य्या अभावको गुनासो समेत आउँने गरेका कारण अस्पतालले ७५ श्यौयामा लैजाने योजना रहेको बताइएको छ । 

वीर अस्पतालमा क्यान्सरको उपचार र अवस्था

क्यान्सर रोगको उपचार सेवा समेत प्रदान गदै आएको वीरले किमो थेरापी, तथा गत वर्षबाट रेडियसन थेरापीको समेत सेवा दिदै आएको छ । तर क्यान्सर रोगका लागि महत्वपूर्ण मानिएको रेडिएयन थेरापि सरकारी अस्पताल मध्ये वीर र भक्तपुर क्यान्सर अस्पतालमा मात्र रहेको अस्पतालको भनाई  छ । 

जसका कारण काठमाडौ उपत्यका बाहिरका क्यान्सर रोगका बिरामीले रेडियन थेरापीका लागि उत्यका नै धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न सरकारी स्तरबाट सेवा विस्तारमा जोडदिन आवश्यक भएको अस्पतालका निर्देशक डाक्टर सन्तोष पौडेल औलाउँछन् । 

निम्न आय भएका तथा दुरदराजबाट आउँने बिरामीको  पहिलो रोजाई वीर अस्पताल नै पर्ने गर्दछ । जसका  कारण पनि वीर अस्पतालमा अन्य अस्पतालको तुलनमा चाप बढि नै हुने गर्दछ । 

वीरमा अब के आवश्यक ?

बिरामीको सेवालाई मध्य नजर गदै अस्पतालले हाल दुई सिफ्ट ओपोडीबाट सेवा दिदै आए पनि यसलाई बढाएर तीन सिफ्टमा बनाउँने योजना अस्पतालको छ ।  

साथै केहि समय एकैपटक अस्पतालको ठूलो संख्यामा नर्सिक जनशतिm कटौति गरिएका कारण अस्पतालको प्रभावित बनेको थियो । तर, हाल अस्पतले कटौटी गरेका जनशतिm परिपूर्तिका लागि करारमा १ सय २६ नर्सिङ जनशतिm थप गरी सेवा संचालनमा ल्याएको छ । तर नेपालकै पुरानो सरकारी अस्पताल भएर पनि सरकारी स्तरबाट अस्पतालाई गनुपर्ने आर्थिक तथा अन्य व्यवस्थापनकाका लागि सरकारी स्तरबाट नै वेवास्ता भएको अस्पताल प्रशासनको गुनासो छ । 

बीमाका बिरामीलाई सेवा प्रदान गर्दै आए पनि वीरले सरकारबाट पाउँनु पर्ने यो आर्थिक वर्षको २५ करोड बीमा रकम नै पाएको छैन । यि र यस्ता जटिलताहरु सुधार गर्दै वीर अस्पताललाई देशकै नमुना अस्पतालका रुपमा स्थापित गराउनु आवश्यक   देखिन्छ । 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update