News 24 Television
स्रष्टाका योगदानको कदर, सम्मान प्रचलन बढ्दै

काठमाडौं । पछिल्ला वर्षहरुमा निजी क्षेत्रका संघसस्थाहरुले कला साहित्यमा समर्पितहरुलाई प्रत्साहनमा सक्रियता बढाएको देखिन्छ । समाजका विभिन्न क्षेत्रमा योगदान पुु¥याएका साधक तथा प्रतिभाहरुलाई प्रत्साहनका साथै योगदानको कदरमा संघसंस्थाहरु जुटेका हुन् । यहि क्रममा शनिबार पनि काठमाडौंमा स्रष्टा सम्मान गरिएको छ । 

गुणनिधी धनलक्ष्मी पन्त स्मृति प्रतिष्ठानले वरिष्ठ गायिका ज्ञानु राणा र कवि कलानिधी दाहाललाई सम्मान गरेको छ । शनिबार काठमाडौंमा कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा वरिष्ठ इतिहासविद् डा. दिनेशराज पन्तले समाजको विभिन्न क्षेत्रमा योगदान गरेका ब्यक्तिहरुलाई नागरिक तहबाट सम्मान तथा पुरस्कृत गर्ने परम्पराले बढेको चर्चा गदै यसवाट सामाजिक सद्भाव बढ्ने विश्वास ब्यक्त गरे । 

कार्यक्रममा वरिष्ठ शिक्षाकर्मी  तथा साहित्यकार बिष्णुप्रसाद पन्तबाट रचित कृति नथाकेका पाइलाहरुको बिचोचन गदै साहित्यकारहरुले समाज रुपान्तरणमा शिक्षा र साहित्यको चर्चा समेत गरेका छन् । 

सामाजिक विकासमा शिक्षा क्षेत्रले साहित्य, संस्कृति र समाजको विकासमा योगदान गरेको शिक्षाकर्मी बिष्णुप्रसाद पन्तले बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रा. प्रयायराज भट्टराईले नागरिक तहमा स्थापना भएका साहित्यिक संघ संस्थाहरुले मुलुकको भाषा, साहित्य तथा कला संस्कृतिको विकासमा निर्वाह गरेको भूमिका आफैमा महत्वपूण रहेको बताए । 

कार्यक्रममा पूर्व सचिव गोपी मैनाली र कवि कलानिधी दाहालले कला संस्कृतिको विकासमा जनस्तरमा भएको प्रयासलाई संस्थागत गदै लैजान सकिने धारणा ब्यक्त गरे । 

समालोचक डा. बिष्णु केसी, साहित्यकार ठाकुर प्रसाद भण्डारी र हरिभक्त सिग्देलले साहित्यलाई नागरिक तहमा बिस्तार गर्न नयाँ पुस्तालाई पनि साथ लिएर जान सकिने बताए ।

समाजको बिभिन्न तहमा योगदान गरेका ब्यक्तिहरुलाई नागरिक तहका संघ संस्थाहरुले प्रदान गरेको सम्मान तथा पुरस्कारले कलाकार तथा श्रष्टाहरुको भूमिका र उनीहरुको योगदानमा थप उर्जा थपिने विश्वास गर्न सकिन्छ । 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update