News 24 Television
प्रदूषणले ८१ लाखको ज्यान लिँदै ! मुर्छा पर्दै काठमाडौंवासी !

काठमाडौं । काठमाडौंमा वायु प्रदूषणको असरले मानव जीवननै अस्तव्यस्त बनेको छ । अस्पतालमा विरामीको चाप उच्च भइरहेको छ । अस्पताल नपुगेपनि प्राय काठमाडौवासी सबैले श्वासप्रश्वास गाह्रो भयो, आँखा पोलेर सहनै गाहो भनि पीडा अभिव्यक्त गरिरहेका छन् । 

घरबाट बाहिर निस्किनै नसक्ने अवस्थाका बीच स्वास्थ्यको ख्याल कसरी गर्ने त यो प्रमुख विषय बनिरहेको छ । अहिले काठमाडौंमा कस्ता–कस्ता स्वास्थ्य समस्या बढेका छन् ? रोकथाम कसरी गर्ने त ?

वायु प्रदूषणका कारण विश्वमा हरेक वर्ष ७० लाख भन्दा बढि मानिसको मृत्यु हुने गरेको  छ । संयुक्त राष्ट्रसङ्घको वातावरणसम्बन्धि निकाय ‘यूएनईपी’ को अध्ययनले विश्वव्यापी समस्या निम्त्याएको वायु प्रदूषणले एक वर्षमै ७० लाख भन्दा बढी मानिसको ज्यान लिने गरेको देखाएको हो । 

तर, यो अध्ययन सार्वजनिक भए पछि पनि विभिन्न अन्य क्षेत्रका सरोकारवालाहरुले अरु अध्ययनहरु गरिनै रहेका छन् । ति अध्ययनहरुले विश्वभर वायु प्रदूषणको प्रभावले मृत्यु हुनेको संख्या ७० लाखबाट बढेर ८१ लाख पुगिसकेको छ । 

नेपालमा वायु प्रदूषणकै कारण कति को मृत्यु भइरहेको छ त ? यसबारे ठोस अध्ययन खास गरिएको पाइदैन । एकाध अध्ययनहरुले नेपालमा ४२ हजार जनाको मृत्यु वायु प्रदूणको प्रभावले हुने गरेको  देखाएको भने छ । 

-   विभिन्न अध्ययनले देखाए अनुसार विश्वभरि ९० प्रतिशतभन्दा बढी मानिसहरू प्रदूषित वायु भएको ठाउँमा बस्छन् । 

-   वायु प्रदूषणका कारण मृत्यु हुनेमध्ये ९० प्रतिशत मृत्यु कम र मध्य आय भएका देशहरूमा हुने गरेको छ ।

-   वायु प्रदूषणका कारण हावामा हुने किरणले फोक्सोको क्यान्सर गराई ३६ प्रतिशतको मृत्यु 

-    वायु प्रदूषणकै प्रभावले ३४ प्रतिशतको मस्तिष्क घातबाट मृत्यु 

-   वायु प्रदूषणकै प्रभावले हृदय रोगबाट २७ प्रतिशतको मृत्यु 

-    २०२४ स्टेट अफ ग्लोबल एयर अनुसार, वायु प्रदूषणका कारण ६ वर्ष मुनिका सात लाख नौ हजार बालबालिकाको मृत्यु 

-    हरेक दिन ५ वर्ष मुनिका करिब दुई हजार बालबालिकाको वायु प्रदूषणसँग सम्बन्धित स्वास्थ्य प्रभावका कारण मृत्यु 

-    तीमध्ये ७० प्रतिशतभन्दा बढीको मृत्यु प्रदूषित इन्धनमा खाना पकाउने घरायसी वायु प्रदूषणका कारण

-   वायु प्रदूषणबाट उच्च प्रभावित क्षेत्र अफ्रिका र दक्षिण एसिया 
अब अहिले काठमाडौंको अवस्था हेरौं । 

काठमाडौंमा अहिले वायु प्रदूषणको डरलाग्दो अवस्थाको प्रकोपमा परेर अहिले आईसीयुमै राखेर उपचार गरिरहनु परेका  घटनाहरु बाहिरी रहेका छन् । यस्तो प्रकोपमा कति मानिस परिरहेका छन् त ? 

यसबारे सरकारले खास ध्यान दिएको छैन । न त वायु प्रदूषणले पारिरहेका खतरनाक स्वास्थ्य समस्यालाई मिहिन ढंगले लिएको छ । अहिले पनि काठमाडौंवासी प्रदूषणको प्रकोपले आक्रान्त छन् । घर बाहिर निस्कन मुस्किल छ । आँखा पोलेर भत्भति छ । घाँटी दुखेर हैरान छ, सास फेर्न मुस्किल छ । तर पनि सरकारले सचेत बनौं है भनि एक विज्ञप्ति जारी गर्ने बाहेक अरु कुनै काम गरेको छैन । न त स्थानीय सरकारहरुले केही रोकथामका प्रयास नै गरेको छ । 

काठमाडौंमा वायु प्रदूषणको असरले मानव जीवननै अस्तव्यस्त छ । अस्पतालमा विरामीको चाप उच्च भइरहेको छ । अस्पताल नपुगेपनि प्राय काठमाडौवासी सबैले श्वासप्रश्वास गाह्रो भयो, आँखा पोलेर सहनै गाहो भनि पीडा अभिव्यक्त गरिरहेका छन् । 

घरबाट बाहिर निस्किनै नसक्ने अवस्थाका बीच स्वास्थ्यको ख्याल कसरी गर्ने त यो प्रमुख विषय बनिरहेको छ । 

रुघाखोकी, घाँटी खसखसाउने, आँखा पोल्ने, श्वासप्रश्वासलगायत विभिन्न समस्या लिएर अस्पताल पुग्नेको ग्राफ उच्च भइरहेको काठमाडौंका विभिन्न अस्पतालहरुले जानकारी दिइरहेका छन् । 

अल्का अस्पतालका छाती रोग विशेषज्ञ डा. अजित श्रेष्ठका अनुसार विगत केही दिनदेखि आँखा, नाक, कान, घाँटी तथा श्वासप्रश्वाससँग सम्बन्धित समस्या लिएर अस्पताल आउनेको चाप बढेको छ । 

छातीको समस्याका कारण कतिपय बिरामीलाई आइसियुमा राख्नु परेको छ । वायु प्रदुषणका कारण मुटुमा असर गर्ने र हृदयघातको समेत उच्च जोखिम हुने गरेको छ । 

-    वायु प्रदुषणले वृद्धवृद्धा, बालबालिका तथा गर्भवति र सुत्केरीमा ठूलो जोखिम निम्त्याएको  छ । 

-   मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका दीर्घरोगी पनि उच्च जोखिममा रहेका छन् । 

चिकित्सक भन्छन्– अहिले मर्निङ वाल्क गर्दै नगर्नु

-    काठमाडौंमा अहिले सास फेर्न समेत मन्द विष खाए समान छ । त्यसैले यो जटिल समयमा व्यायामको रुपमा विहान हिँड्ने कार्य रोक्नुपर्ने 

-    मर्निङ वाल्कको नाममा विहान हिँड्दा थप रोग निम्तिने 

-    घरमै बसेर व्यायाम गर्नु राम्रो 

-   हिडेर मात्रै व्यायाम हुन्छ भन्ने मान्यताबाट यतिबेला पछि हट्नुपर्ने आवश्यकता


छाति रोग विशेषज्ञ डा. श्रेष्ठ भन्छन्– वायु प्रदुषणले खतराको तह पार गरेकाले सरकारले जनस्वास्थ्यलाई ध्यानमा राखेर केही न केही निर्णय गर्नुपर्ने आवश्यकता छ । तर, सरकारले तत्काल स्वास्थ्य विशेषज्ञहरुसँग परामर्श लिएर जनस्वास्थ्य थप विग्रन नदिन ठोस कदम कहिले चाल्ने ? 

अहिले चर्चामा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेलको ध्यान यतातिर किन नपुगेको ? 

प्रदूषणको प्रकोपबाट कसरी जोगिने ?

-  वायु प्रदूषण विकराल बन्दै गएकाले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीहरुले समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने 

-   सन्तुलित, पोषिलो र स्वस्थ भोजनमा ध्यान दिनुपर्ने 

-    सकेसम्म घरबाहिर ननिस्किने, बाहिर हिडडुल गर्नैपर्ने अवस्थामा मास्क प्रयोग गर्दा धेरै हदसम्म प्रत्यक्ष प्रभावबाट जोगिन सकिन्छ । 

काठमाडौंवासीले अहिलेको समय स्वयंम सचेत बनेर वायु प्रदूषणको प्रभावबाट सकेसम्म जोगिने उपाय अवलम्बन गर्नतिर लाग्नु आवश्यक देखिन्छ । 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update