News 24 Television
प्रगतिशील लेखक सङ्घ, नेपालको राष्ट्रिय सम्मेलन सम्पन्न 

काठमाडौँ । नेपालका प्रगतिशील, वामपन्थी लेखक तथा साहित्यकारहरूको साझा संस्था प्रगतिशील लेखक सङ्घ, नेपालको १३ औं राष्ट्रिय सम्मेलन राजधानीमा सम्पन्न भएको छ । सम्मेलनले डा. देवी क्षेत्री दुलालको अध्यक्षतामा सात प्रदेशका अध्यक्षहरू पदेन सदस्य रहनेगरी ४५ सदस्यीय केन्द्रीय समिति र ४६ सदस्यीय राष्ट्रिय परिषद् सहित ९१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

सङ्घको नवनिर्वाचित उपाध्यक्षमा समीर सिंह र डा. अमृता शर्मा, महासचिवमा पारस ढकाल, उपमहासचिवमा बोधकुमार घिमिरे , सचिवमा डा. हरि तिमल्सिना र कुशल बोगटी तथा कोषाध्यक्षमा डा. कृष्ण सुवेदी रहेका छन् ।

f51a48bc-b357-4e1d-820b-d90f3c7cc160-1744010127.jpg
 

कार्यसमितिको सदस्यहरूमा कल्पना पौडेल ‘जिज्ञासु’, ऋतु केसी, प्रदीप प्रधान, तिला लेकाली, भउचप्रसाद यादव, अच्युत घिमिरे, निर्मल सापकोटा, रामप्रसाद अर्याल, प्रकाश किरण, गंगा रिजाल, डा. प्रतिभा पुन, मायामितु न्यौपाने, देव गजमेर, शेखर अर्याल, दिनेश दुलाल, विमला पोखरेल, सृजना अर्याल, विमला विश्वकर्मा, भीम रानाभाट, डा पूर्ण भण्डारी, मणि अर्याल, सिर्जन श्री, गोविन्द अर्याल, राजेन्द्र सर्वहारा, रमेश पन्त ‘मितबन्धु’, दुर्गा परियार, आरोह नेपाली, मुक्तान थेबा, करण दयाल र डिल्लीराम भण्डारी छन् ।

प्रलेसको विधानअनुसार गण्डकी प्रदेशका अध्यक्ष प्रा. डा.  यदुनन्दन उपाध्याय, बागमती प्रदेश अध्यक्ष शान्तिप्रिय वन्दना, कर्णाली प्रदेशका अध्यक्ष युद्धविक्रम शाही, कोशी प्रदेशका अध्यक्ष विन्दु दाहाल ‘मूकदर्शक’, लुम्बिनी प्रदेशका अध्यक्ष डा. मुरारी पराजुली, मधेस प्रदेशका अध्यक्ष नारायणप्रसाद घिमिरे र सुदूरपश्चिम प्रदेश अध्यक्ष कोपिला शर्मा ‘कल्प’ सात प्रदेश समितिका अध्यक्ष समेत केन्द्रीय समितिमा पदेन सदस्य रहनेछन् ।

सम्मेलनले ४६ सदस्यीय केन्द्रीय परिषद् पनि चयन गरेको छ । परिषदमा  दिनेश थापा, समष्टि बुढा, सीता बुढा, तारामणि न्यौपाने, देवेन्द्र कुँवर, डी पी शर्मा, माधव पोखरेल गोज्याङ्ग्रे, विन्दा सुवेदी, सिर्जना सरोवर, मनोज पोखरेल, केशु कार्की, विश्वनाथ तामाङ, विनु खड्का, शम्भु अर्याल, लेकप्रसाद प्याकुरेल, देवीराम बन्जाडे, जागेश्वर नेपाल, कविराज भट्ट, हिमालय पौडेल, दिल पौडेल, नानीमैया दलाल, लक्ष्मी सम्बा र श्रीराम अधिकारी निर्वाचित भएका छन् ।

त्यसैगरी जनक साउद, दिनेश नागरी, आकाङ्क्षा अधिकारी, सन्तोष सिम्खडा, जीवछ उदासी, कुमारसिंह राई, नगेन्द्रप्रसाद आचार्य, यश लामा, दामोदर पौडेल, विद्या भण्डारी, रञ्जन घिमिरे, प्रेमबहादुर सिंह, यदुनाथ वसन्तपुरे, छन्दविज्ञान निरौला, शुष्मा तिमिल्सिना, ध्रुव रायमाझी, खोमा तरामुमगर, ज्ञान केसी, भीम भारती, ममता सुर्खेती, कपिल शिवाकोटी, कृष्ण राना र घनश्याम मिश्र पनि परिषदमा निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update