News 24 Television
बल्ल बन्यो सोरु गाउँपालिकामा बर्थिङ सेन्टर, स्थानीय महिला हर्षित 

मुगु । मुगुको सोरु गाँउपालिकाको नेर र लिब्रु गाउँमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानिय महिला निकै खुसी भएका छन् । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भ जाँचसम्बन्धी सामान्य स्वास्थ्य सुविधाबाट समेत बञ्चित स्थानीय महिलालाई सदरमुकाम वा अन्य स्थानमा जानु पर्ने बाध्यता हटेको छ ।

मुगुको सोरु गाँउपालिकाको नेर र लिब्रु गाँउमा बर्थिङ सेन्टर सञ्चालनमा आएपनि विशेषगरी स्थानीय महिला हर्षित बनेका छन् । 

ब्याक टु लाईफ ईभि जर्मनीको आर्थिक सहयोग र कर्णाली सामुदायिक बिकास केन्द्र मुगुको सहयोगमा बर्थिङ सेन्टर निर्माण गरिएको हो । नेरगाँउमा निर्माण भएको ६ कोठा एक तले भवन ६० लाख ८५ हजार ५ सय ७७ रुपैया र लिब्रुमा रहेको ५ कोठा सहितको २ तले  भवन ७२ लाख २१ हजार ३ सय २९ रुपैया लगानीमा निर्माण भएको हो । 

सेवासुबिधा सहित औषधी उपचारमा प्रयोग हुर्ने लाखौँ मूल्यका सामानसहित औजार र उपकरण वर्थिङ सेन्टर  सोरु गाँउपालिकालाई हस्तान्तरण गरिएको छ । 

गाँउमा बर्थिङ सेन्टर नहुँदा कतिपय सुत्केरी आमाहरुले अकालमा ज्यान गुमाउनु परेको थियो । केही बर्ष यता नेर र लिब्रु गाँउमा मात्र ६ दर्जन भन्दा बढी सुत्केरीले ज्यान गुमाई सकेका छन् । अहिले गाँउघरमै औषधी उपकरण सहित बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीय महिलामा खुशी छाएको छ । 

दुर दराजका सुत्केरी आमाले पाएको पिडाहरुको समस्यालाई मध्यनजर गर्दै सोरु गाँउपालिकामा मात्र थप ६ वटा वर्थिङ सेन्टर निर्माण भई रहेका छन् ।  

यसमा ४ वटा बर्थिङ सेन्टर ब्याक टु लाईफ ईभिले आफै आफ्ना कर्मचारी राखेर सन्चालनमा ल्याएको छ भने २ वटा बर्थिङ सेन्टर स्थानीय तहलाई हस्तान्तरण गरी पालिका अन्तर्गत सन्चालन हुने भएको छ ।

स्थानीय तहलाई हस्तान्तरण गरिएका वर्थिङ सेन्टरमा पनि थप सहयोग गर्ने ब्याक टु लाईफ ईभिका प्रतिनिधी महेश दक्त पन्थले बताए ।  

मुगु जिल्लाका बिभिन्न बस्तीमा रहेका गर्भवती आमा र नवजात शिशुको स्वास्थ्य सुधारमा सहयोग होस् भन्ने उद्देश्यले जर्मनीका प्रतिनिधिले ब्याक टु लाईफ ईभिमार्फत बनेकोे नेर र लिब्रुमा निर्माण गरिएको वर्थिङ सेन्टर गाँउपालिकालाई  हस्तान्तरण गरिएको हो । 

यी निर्माण गरीएका वर्थिङ सेन्टरमा १ सय ४५ प्रकारका औषधी, उपकरण लगायतका सामाग्रीहरुको सहि सदुपयोग हुने हिसाबले स्थानीय सरकारलाई २ वटा बर्थिङ सेन्टर हस्तान्तरण गरिएको कर्णाली सामुदायिक बिकास केन्द्र मुगुका सल्लाहकार हरिजंग शाही बताउछन् । 

भुगोलको हिसाबले निकै बिकट मानिएको सोरु गाँउपालिकामा सुत्केरी आमाहरुको अकालबाट ज्यान जोगाउनको लागी ब्याक टु लाईफ ईभि र कर्णाली सामुदायिक बिकास केन्द्र मुगुको पहलमा निर्माण भएका वर्थिङ सेन्टरको सहि सदुपयोग गर्र्नेे गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले प्रतिबद्धता जनाएका छन्  । 

यी वर्थिङ सेन्टरहरु बन्नु अघि प्रसूति सेवा लिन सुत्केरी आमा ६ घण्टा पैदल यात्रामार्फत नार्थपु स्वास्थ्य संस्था र सदरमुकाम गमगढी बजारमा २, ३ दिन लगाएर जानुर्ने बाध्यता थियो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update