काठमाडौं । विचौलिया भनिएका इनम सापकोटाको कनेक्सनका अनेक पर्दाहरु उघारिनेक्रम जारी छ । इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार वेनसहितका व्यक्तिमा देखिएपछि चलेको हंगामाकाबीच आर्थिक कारोबार नै भेटिएको आरोपमा कांग्रेस नेता तथा पूर्वमन्त्री उमेश श्रेष्ठका भाई महेश श्रेष्ठ पक्राउ परेका छन् ।
इनम सापकोटा विचौलिया राज मच्चाउने युवा हुन वा होइनन् ? बहस र चर्चा चलिरहेको बेला प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धिकरण र बैंकिङ कसुरमा अनुसन्धान गरिरहेको छ। प्रहरीको अनुसान्धान चलिरहेको बेला इनम प्रकरणमा नयाँ आयामहरु खुल्न थालेका छन्। यसको पटाक्षेप कांग्रेस नेता तथा पूर्वमन्त्री उमेश श्रेष्ठका भाई महेश श्रेष्ठसम्म पुगेको हो ।
अब पहिले हेरौं, उमेश श्रेष्ठको राजनीतिक उडान
उमेश श्रेष्ठ स्वास्थ्य व्यवसायी हुँदै कांग्रेस नेता, प्रतिनिधिसभा सदस्य बने। तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाले उमेशलाई कोषाध्यक्षमा मनोनयन समेत गरे। कांग्रेसको विभिन्न विषयको आर्थिक पाटो हेर्ने श्रेष्ठ देउवाका कट्टर विश्वासपात्र थिए । तर, उनी कांग्रेसको अन्तरकलहमा आफूलाई गगन थापातर्फ मोड्ने निर्णय गरिदिए। गगन थापाले विशेष महाधिवेशनबाट सभापतिमा फड्को मारेपछि पनि देउवाकै झैं कोषाध्यक्षमा बाजी मारिदिए। यसरी राजनीतिक रुपमा शक्तिशाली बन्दै आएका उमेश श्रेष्ठले इनम सापकोटालाई १८ करोड रकम दिएर कांग्रेसको आधिकारिकता लिएको आरोप बजारमा चर्कै चलेको थियो। जुन कुरालाई कांग्रेसले ठाडै अस्वीकार गर्ने गरेको छ ।
कांग्रेस आधिकारिकता विवादमा लेनदेन भएको विषय अस्वीकार गरिरहेको कांग्रेसमाथि प्रश्न र शंकाहरु जिवितै रहेको बेला उमेश श्रेष्ठका भाई पक्राउ पर्नुले नयाँ शंकाको जन्म भने गराएको छ । उसोतः शेरबहादुर देउवाले समेत गगनले पैसामा पार्टी किनेको आरोप लगाइरहेका छन् ।
कांग्रेसमा देखिएका दुई पक्षले समेत यो विषयमा आपसी झगडा गरिरहेका छन्। जुन कुरालाई थप मलजल गर्ने गरि महेशको पक्राउले कौलुहलता बढाएको देखिन्छ ।
महेश पक्राउ र इनम कनेक्सन
महेश श्रेष्ठ उमेश श्रेष्ठका भाई हुन् । उनलाई प्रहरीले शनिबार कीर्तिपुरबाट इनम सापकोटासंग आर्थिक कारोबार गरेको आरोपमा पक्राउ गरेको छ। यसरी महेश इनम सापकोटासंगको आर्थिक कारोबारमा पक्राउ पर्नुले शंका र थप चासोहरु बढाइदिएको छ ।
उमेश श्रेष्ठ कांग्रेको हिसाब मिलानमा सक्रिय हुने गरेको आरोपकाबीच भाई महेश पक्राउ पर्नुलाई धेरैले कांग्रेस आधिकारिकतामा लेनदेन त भएन भन्ने शंका गर्न थालेका छन् ।
कुमार वेनसंगको सम्पर्क पनि प्रश्नमै
इनम सापकोटाविरुद्ध प्रहरीले सम्पत्ति शुद्धिकरण र बैंकिङ कसुरको आरोपमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ भने एकपछि अर्को विषय खुलिरहेका छन् ।
उच्च तहसंगको सम्पर्क र सम्बन्धका कारण चर्चामा रहेका इनमको सम्पर्क कुमार बेनसंग समेत रहेको र वेनले इनमको मोडबाइल आफ्नो घरमा लिएर दुई दिन राखेको समाचारहरु सार्वजनिक भइसकेका छन्। कुमारले इनमको मोबाइल किन राखे ? कुमारले इनमको मोवाइलबाट केहि डाटा किन लिए ? सामाजिक सञ्जालका एकाउन्टहरु किन चलाए ? तमाम प्रश्न उठेको बेला राष्ट्रिय स्वतन्त्र पार्टीले भने रक्षात्मक बन्दै कुमारबारेको अनुसन्धानमा प्रधानमन्त्रीलाई सघाउने भनेको छ ।
यसरी पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको कोर्टमा बल फालिदिएपछि अबको मुभ भने हेर्न लायक बन्ने देखिन्छ। के कुमार बेनलाई प्रधानमन्त्री वालेन्द्र शाहले कारबाही गर्लान ? प्रश्न सोझिएको बेला कांग्रेसदेखि रास्वपाभित्र पसेका इनलमे देशभर रडाको भने मच्चाइदिएका छन् ।


