
काठमाडौं । एक पटकको नेपाली सधैको लागि भन्ने उद्धेश्यले एकजुट भएको गैरआवसीय नेपालीहरु विभाजित भएका भएका छन् । सन् २००२ मा स्थापना भएको गैरआवासीय नेपालीहरुको संस्था एनआरएनए राजनीतिक खिचातानीका कारण बिभाजित भएको हो ।
शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गर्न लागेको महाधिवेशन रोक्न माग गर्दै परेको मुद्दा सर्वोच्चमा विचाराधिन रहिरहेकाबेला महाधिवेशन शुरु भएको छ ।
एनआरएनए अध्यक्ष बद्री केसी समूहले नै बहिष्कार गरेको महाधिवेशन कसरी एकता महाधिवेशन बन्ला त ? सर्वोच्च अदालतवाट परमादेश जारी भएपछि गठित एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशन शनिवारदेखि काठमाडौमा शुरु भएको छ ।
निर्धारित समय भन्दा ३ घण्टा ढिलो शुरु भएको महाधिवेशनमा एनआरएनको विवादलाई सुल्झाउन गैरआवासिय प्रतिनिधिहरुले माग गरेका थिए । तर एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशमा एनआरएनका सवै संस्थापक तथा अभियन्ताहरु एकै ठाउँमा सहभागी हुन सकेनन् । त्यसैले उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी राजनीतिक दलका नेताहरुले पनि एकतामै जोड दिएका छन् ।
राजनीतिक दलमा जो जता भए पनि गैरआवासीय नेपाली संघ (एनआरएनए)मा भने सबै एक हुन कांग्रेस नेतृ एवम् परराष्ट्रमन्त्री आरजु राणाले आग्रह गरिन् ।
परराष्ट्र मन्त्री राणाले विदेशमा राजनीति नगर्नुुस, गैरआवासिय नेपाली संस्थालाई बलियो बनाउनुुस् भन्दै एनआरएन राजनीतिक गर्ने ठाउँ नभएका जिकिर गदै सबै पक्षलाई एकतामा सहभागी भएर एनआरएनए संस्थालाई बलियो बनाउन आग्रह गरिन् ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैर आवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेक सबै किसिमको अधिकार दिनुपर्ने तर्क राखे । एनआरएनप्रति संकृणि नहुन उनले सरकारलाई पनि आग्रह गरेका छन् । भट्टराईले गैरआवासीय नेपालीको लगानी भित्राउन राज्य उदार हुनु पर्नेमा जोड दिएका छन् ।
बिभिन्न राजनीतिक दलका नेता तथा र्गैर आवासिय प्रतिनिधिहरुले राजनीतिक बिभाजनको कारण र्गैर आवासिय नेपाली अभियान कमजोर रहेको टिप्पणी गरे । गैरआवासिय नेपाली संघका संस्थापक तथा अभियन्ता शेष घलेको संयोजनमा अधिवेशन गरिएको हो । उनै घलले नै एनआरएनए दलगत स्वार्थ र समूहको कारण कमजोर भएको हुदाँ दोस्रो पुस्ताका एनआरएनमा आर्कषण नभएको स्पष्ट गरे ।
बिभिन्न समूह र गुटमा बिभाजित र्गैर आवासीय अभियान आज निकै कमजोर अवस्थामा आइपुगेको छ । अभियन्ताहरु बीचनै सहमति नहुदाँ गैर आवासिय नेपाली संघ राजनीतिक दलको हस्तक्षेप भातृ संस्था जस्तो बन्यो ।
बिदेशमा रहेका सम्पूर्ण नेपालीको साझा संस्था बन्न सकेन । राजनीतिक भातृ संस्थाको रुपमा बढेको गैर आवसिय नेपाली अभियानलाई सार्थक र प्रभावकारी संस्था बनाउन आवश्यक छ ।