
काठमाडौं । सत्तारुढ दल कांग्रेस र एमाले भित्रको आन्तरिक विवाद साम्य भएको छैन । दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरिरहेका छन् । सरकारको कार्यशैली, सत्ता बाँडफाँट र सातवुँदे सहमतिका विषय विवादका कारण हुन् ।
राजनीतिक स्थायीत्व कायम गर्ने उद्देश्य सहित एक कित्तामा उभिएका दुई दल हुन्, नेपाली कांग्रेस र नेकपा एमाले । संसदका दुई ठुला दल कांग्रेस र एमालेका विच सातबुँदे सहमति पत्रमा हस्ताक्षरसहित सत्तायात्राको प्रारम्भ भएकोदश महिना पुगिसकेको छ ।
सत्ता सहकार्य ताका विषम् परिस्थिति भन्दै जनतामा छाएको निराशा चिर्ने र आशाको सञ्चार गर्ने लक्ष्य दुई दलले प्राथमिकतामा राखेका थिए । तर दुई तिहाईका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेको एक वर्ष पुग्नै लाग्दा समेत जनतामा झिनो आशाको सञ्चार हुन सकेको छैन । बरु बेरोजगारी,गरिबीले नागरिक विदेश पलायनको लर्काे लागेको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै सरदर प्रत्येक दिन २५ सय नेपालीरोजगारीका लागि देश छाड्न बाध्य छन् । सरकार विचौलीया र भ्रष्ट्रचारी जोगाउन लागि परेको भन्दै चौतर्फी आलोचित छ । सरकारका कामकार्बाहीलाई लिएर सत्तारुढ गठबन्धनको शिर्ष दल कांग्रेसका नेताहरुले खुलेरै आलोचना गरिरहेका छन् ।
तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हटाउन महत्वपुर्ण भुमिका खेलेका कांग्रेस महामन्त्रीद्घय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिक मञ्चमा भाषण गर्दा सरकारको आलोचना गरेकै हुन्छन् । दुई महामन्त्रीका अलावा कांग्रेस इतर पक्षका नेता शेखर कोइराला त ओलीसंग कुम जोड्नु कांग्रेसकै लागि घातक बन्ने दाबी गर्दै आएका छन् ।
उच्चस्तरीय राजनीतिक संयन्त्र भित्रकै नेताहरुलेसरकारको आलोचना गर्दासत्ता परिवर्तनको डर समेत ओलीमा उत्तिकै बढेको छ । प्रधानमन्त्री ओलीको रक्षार्थ एमाले नेताहरु उत्रिने गरेका छन् भनेसरकारलाई समर्थन गर्न कांग्रेस नेतालाई जोडबल गरि नै रहेका छन् । साथै मिलेर जनताका समस्या समाधानमा केन्द्रीत हुनुपर्नेमाएमालेले जोड दिँदै आएको छ ।
कांग्रेस–एमाले सरकार गठनका बेला संविधान संसोधनलाई मुख्य एजेण्डा बनाइएको थियो । निर्वाचन प्रणाली सहितका एजेण्डामा संविधान संसोधन गर्ने दुई दल विच सहमति भएको थियो ।
पछिल्लो समय गठनबन्धन दल भित्र संविधान संसोधनको मुद्धा सेलाउँदै जाँदा सातबुँदे सहमति सत्ता प्राप्तिको हतियार मात्रै बनाइएको प्रष्ट छ । उसो त कांग्रेस नेताहरुको आलोचना र विरोधलाई ओलीले सामान्य रुपमा लिएका छन् । किनभने सत्तारुढ घटकका शिर्ष नेता कांग्रेस सभापति शेरबहादुर देउवा ओलीको साथमा छन् ।
पक्का बचनका सभापति देउवाकोसाथ पाएका ओली निर्धक्क देखिएका छन् । प्रधानमन्त्रीको कार्यकाल पर्खेर बसेका देउवा अलमल नहुन्जेल प्रधानमन्त्री ओलीलाई हाइसञ्चो देखिएको छ । सत्ता भागवण्डामा रुमालिएका नेताहरुले जनताको समस्यामा मलम लगाउने ध्यान दिनुपर्ने नागरिकले गुनासो गर्दै आइरहेका छन् ।