News 24 Television
राजावादीले तयार पार्दै माछीजाल ! सुटुक्क भेटेर थापा लागे भयंकर योजनामा !

काठमाडौं । मुलुकमा अहिले शासन व्यवस्था र शासक को कसरी बन्ने भन्नेबारे आवाज चर्केका छन् ।  राजसंस्थालाई नै पुनःस्थापित गर्नुपर्छ भन्दै आन्दोलन नै चर्काउने गरिरहेका छन्, राजावादी शक्तिहरुले । 

६ फरक–फरक घटक अहिले राजावादीको मुद्दा बोकेर एक ठाउँमा उभिएका छन् । परिवेश हेर्दा, गएको चैत १५ को हिंसात्मक आन्दोलन पछि सेलाएका राजावादीहरुको  सक्रियता बढेको छ । 

एक्लाएक्लै हिँड्दा सफलता हातपार्न नसकिने भान गरेका राजावादीले जेठ १५ नेपाली राजनीतिमा राजार्फितिको दिन भनिरहेका पनि छन् । तर, उनीहरुलाई पूर्वराजा ज्ञानेन्द्र शाह स्वयंमले खुलेरै समर्थन गरेका छैनन् । यस्तो अवस्थामा पनि किन राजावादीहरुमा हौसला बढेको छ त ? के भन्छन् राजावादी शक्तिका प्रतिनिधिहरु ?

गणतन्त्रमा सबै विग्रियो भन्ने राजावादी नेताहरुसँग के मुलुकमा आमुल परिवर्तनमा योजना छन् त ? मुलुकको वर्तमान राजनीतिक र आर्थिक अवस्थामा देखिएको संकट राजसंस्था र हिन्दुराज्य स्थापना भएलगत्तै लयमा फर्किन हो त ? यि प्रश्नमा राजावादी नेताहरु तर्किने गरेका छन् ।

अझ अर्काे महत्वपपुर्ण कुरा के छ भने राजावादी आन्दोलनमा गोलबद्ध भएका नेताहरुको पूर्वराजा ज्ञानेन्द्र शाहसँग न भेट न त सल्लाह छ । राजनीतिक कोणबाट हेर्दा राजसंस्था फर्काउने प्रयासमा स्वयम् पुर्वराजा ज्ञानेन्द्रले नै खुट्टा अघि सार्नुपर्ने तर, त्यो त परको कुरा अब म आउछु है मेरो समर्थन छ भन्नेसम्म भन्न सकेका छैनन् पूर्वराजाले ।  

ज्ञानेन्द्र मैदानमा नउत्रिदा जनताले खुलेरै विश्वास गर्ने वातावरण बन्न सकेको छैन् । किनकी राजसंस्थाको गुनगान गाएर पटकपटक गणतन्त्रीवादीसंग कुम जोडेका राजावादीहरुलाई जनताले पत्यायीहाल्ने अवस्था समेत छैन् । 

उमेरको उत्तरार्धमा पुगेका नवराज सुवेदी, केशरबहादुर विष्ट पटकपटक उपप्रधानमन्त्री सहित मन्त्री बनेका कमल थापा र राजेन्द्र लिङदेनलाई पुर्वराजा ज्ञानेन्द्र के चाहान्छन् भन्ने प्रश्नको जवाफ छैन् । 

गुपचुप भेट

कमल थापाले पूर्वराजासँग सम्बन्ध सुधारका प्रयास त गरिरहेका छन् । पारिवारिक भ्रमणमा नगरकोटमा रहेका पुर्वराजा शाहले राप्रपा नेपाल अध्यक्ष कमल थापालाई सुटुक्क भेट पनि गरेका छन् । नगरकोटमा पुगेर पुर्वराजा ज्ञानेन्द्र भेटका अध्यक्ष थापाले पछिल्लो राजनीतिक गतिविधिका बारेमा ब्रिफिङ भएको भनाई छ । तरपनि, खुलेआम राजनीतिक गतिविधि गर्ने आँट भएको देखिदैन । यता, गणतन्त्रवादी शक्तिको प्रहार छुट्टै छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुले राजावादी शक्ति हिचमिचलाई निरन्तर प्रहार गर्दै आएका छन् । आइतबारको प्रतिनिधिसभा बैठक सम्बोधन क्रममा प्रधानमन्त्री ओलीले राजावादीलाई धेरै हौसिन आवश्यक नरहेको बताएका छन् । संवैधानिक व्यवस्था अनुसार जेठ १५ मा नयाँ आर्थिक बर्षको बजेट पास गर्नुपर्ने चुनौती सरकारसँग छ ।

सोहि दिन राजावादीले बृहत आन्दोलनको घोषणा गरेका छन् । यसै पक्षलाई मध्यनजर गर्दै प्रधानमन्त्री ओलीले राजावादीलाई चेतावनी दिदै सपना साकार नहुँने भनेका छन् ।

यता, माओवादी अध्यक्ष प्रचण्डले पनि राजा वीरेन्द्रको वंश नाश हुनेगरि रक्तपात मच्चाउनेहरु राजावादीको आँखै अगाडी रहेको भनि सक्छौं भने उनीहरुलाई दण्ड गर भनिरहेका छन् । 


किन हौसिए त राजावादीहरु ?

प्रत्यक्ष वा भनौं खुलेआम मैदानमा नउत्रे पनि पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता पश्चात् नै राजावादीहरु हौसिएका हुन् । ज्ञानेन्द्रले तत्कालिन समय २०६२÷०६३ को जनआन्दोलन चर्किएपछि बाध्य भएर राजगद्दी त्याग्न पुगेका थिए । 

नेपाली जनतालाई नासोको रुपमा श्रीपेज बुझाउँदै नारायणहिटि छाडेर नार्गाजुन पुगेका ज्ञानेन्द्र दुई दशकपछि पुनः सक्रिय बन्दा राजावादी हौसिएका हुन् । शाहले गत वर्ष फागुन ७ को प्रजातन्त्र दिवसको छेकोमा दिएको अभिब्यक्ति र बैशाख एक अर्थात् नयाँ बर्षको अवसरमा दिएको सन्देशले राजावादी हौसिएका हुन् ।  

परिस्थिति चलायमान रहेकै समय राजावादी शक्तीहरुले दलबल सहित शक्ति प्रदर्शन समेत गरेका छन् । तर सार्थकता पाउन सकेका छैनन् । 

फागुन २५ र त्यसपछिका परिवेश

गएको फागुन २५ को ज्ञानेन्द्रको पोखरा–काठमाडौँ फिर्तीमा देखिएको भिड बाहेक त्यसयता सम्झिन लायक राजावादीको भेला छैन् । चैत १५ को तीनकुने आन्दोलन हिंसात्मक बन्दा दुई जनाले ज्यान गुमाउँदाको घटनामा समेत राजवादीको पातलै सहभागिता देखिन्थ्यो । त्यसपछि तीनकुने आन्दोलन भड्काउन भुमिका खेलेका कमाण्डर दुर्गा प्रसाई, राप्रपाका बरिष्ठ उपाध्याक्ष रविन्द्र मिश्र सहित सयौँ नेता कार्यकर्ता प्रहरी हिरासतमा पुगेछन् । 

त्यसयता राजावादी आन्दोलन सेलाएको छ तंग्रिन सकेको छैन् । बल्लतल्ल ६ राजावादी, पुर्वपञ्च र ४४ वटा समुहले जेठ १५ लाई मुख्य तार्केट बनाएर गतिविधि सञ्चालन गरेका छन् ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले अर्काे आन्दोलन समेत फेल पार्ने ओली सरकारको रणनीति देखिन्छ । यस्तो अवस्थामा राजावादी शक्ति हौसिनुमा कुनै तात्पर्र्य नदेखिएको विश्लेषण भइरहेको छ । 

राजावादीले गरिरहेको आन्दोलनका उद्देश्य हेर्दा यो आन्दोलनको आडमा राजावादी नेताहरुले राजनीतिक रोटि सेक्ने बाहेक अन्य जनसरोकारसँग सम्बन्ध देखिदैन । राजावादी आन्दोलन हाकी रहेका छौं भन्नेहरुले केवल राजसंस्था र हिन्दुराज्य स्थापनाको मुद्धा मात्रै उठाएका छन् । जसरी राजावादी आवाज बढ्दै छन् । सोही किसिमले अवसरवादीहरुले क्षणिक आवाज उठाएका हुन् भनि टिप्पणी गर्नेहरु समेत बढ्दै छन् ।   

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update