
काठमाडौं । सरकारले आयोजना गर्न लागेको सगरमाथा सम्वादमा कुनैपनि राष्ट्रका प्रमुखहरु नआउने भएका छन्। सरकारले सगरमाथा सम्वादमा आउनेहरुको सूची नै सार्वजनिक गर्दा छिमेकी मुलुकबाट समेत प्रमुखहरुको उपस्थिति नहुने निश्चित भएको छ भने सगरमाथा सम्वादमार्फत नेपालले दिन खोजेको सन्देशमा समेत प्रश्न भने उठेको छ ।
नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा सम्वादको आयोजना गर्दैछ । सगरमाथा सम्वादमार्फत नेपालले जलवायु परिवर्तन, यसको प्रभाव र विश्वव्यापी खतराबारे जानकारी दिने र अधिकारका विषयमा बहस गर्ने भनिरहेको छ ।
सगरमाथा सम्वादको पहिलो संस्करणमै छिमेकी मुलुकहरुबाट हुने भनिएको उपस्थितिले नै सरकारको आयोजनामा धक्का लागेको देखिन्छ । सगरमाथा सम्वादमा आमन्त्रण गरिएका धेरै राष्ट्रबाट कुनै पनि प्रमुखहरु उपस्थित नहुने भएका छन् । भने केहि देशले मन्त्रीस्तरीय, केहिले विशेष प्रतिनिधि त केहिले राजदूतलाई नै सहभागी गराउने भनेका छन् ।
उसोतः सरकारले ३५० जनाभन्दा बढी विदेशी पाहुनालाई निमन्त्रणा पठाएको थियो । त्यसमा थुप्रै देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख पनि थिए । तर सगरमाथा संवादमा कुनै एक देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले हालसम्म सहभागी हुने भनेर ‘कन्फरमेसन’ पठाएका छैनन् । यस्तोमा सरकारले प्रधानमन्त्री केपी ओलीले कार्यक्रमको उद्घाटन गर्नेदेखि केहि विषयमा जानकारी गराइएको छ ।
सगरमाथा सम्वादमा झण्डै १७५ जना विदेशी पाहुनासहित करिब त्यत्तिकै संख्यामा नेपाली सहभागी गरी जम्मा करिब ३५० जना सहभागीहरूले भाग लिने मन्त्री राणाको दाबी छ ।
यसमा १२ देशबाट उच्च तहबाट प्रतिनिधिमण्डल सहभागी हुने उनको भनाई छ । यस्तै, चीनबाट १४औँ राष्ट्रिय जन कांग्रेस (एनपीसी)का स्थायी कमिटी उपाध्यक्ष सियाओ जी सहभागी हुनेछन् ।
उनी चीनका पूर्वस्टेटा काउन्सिलर र पूर्वअर्थमन्त्री पनि हुन् । भने भारतबाट वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवको नेतृत्वमा एक प्रतिनिधिमण्डल सगरमाथा संवादमा सहभागी हुनेछ ।
उसोतः परराष्ट्रमन्त्रालयले सगरमाथा सम्वादको प्रश्नमा समेत केहि भड्किएको देखिन्छ । वेबसाइट हेर्न भ्याइएन की भन्दै प्रश्न सोध्नेमाथि केहि प्रतिशोध साँध्न खोजेको जस्तो देखिन्छ ।
सामान्यतया प्रश्न सर्वसाधारणको जानकारीका लागि हुनेमा समेत परराष्ट्र सचिव अमृतबहादुर राईले ख्याल पु¥याउन सकेको देखिन्न ।
सगरमाथा सम्वादले विश्व समूदायको ध्यान आकर्षित गर्न सक्नुपर्नेमा सरकारको कुटनीतिक पहलदेखि क्षमता समेत यसमा छरपष्ट बन्न पुगेको चर्चा हुन थालेको छ ।
विश्वमा जलवायु संकट गहिरिदै गएको बेला नेपालले आयोजना गर्न लागेको सगरमाथा सम्वादमा उपस्थितिका हिसाबले जस्तो अनुहार देखिन खोज्दैछ, यसले पनि नेपालको कुटनीतिक स्तर र सरकारको क्षमता देखिने भन्दै आलोचना र चर्चा भने हुन तालेको छ ।
उसोतः सगरमाथा सम्वादका लागि आउने अतिथिलाई माउन्टेन फ्लाइट गराइनेछ भने जलवायु संकटबारे विभिन्न सन्देश संप्रेषण गरिनेछ ।