News 24 Television
प्रभावकारी बन्दै कालीगण्डकी गाउँपालिका, स्वास्थ्य बीमाले सहज

स्याङजा । स्याङजाको कालीगण्डकी गाउँपालिकावासीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले बल्ल फाइदा दिन थालेको छ । करिब ४ वर्ष पहिलेदेखि नै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा त ल्याएको थियो । तर, प्रभाकारी बन्न सकेन । अहिले भने गाँउपालिकाले स्थानीय स्तरमा कालीगण्डकी अस्पताल सञ्चालन गरेसँगै गाउँपालिकावासीलाई उपचारमा सहजता प्राप्त भइरहेको छ । 

स्याङजाको कालीगण्डकी गाउँपालिकामा आजभन्दा चार वर्ष पहिले नै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको थियो । तर, सरकारले दिएको स्वास्थ्य बीमाले गाउँपालिकावासीलाई खास सहजता प्रदान गर्न सकेको थिएन ।

कालीगण्डकी गाँउपालिकामा सुविधा सम्पन्न अस्पताल नहुँदा यहाँका नागरिकलाई बीमाको प्रभावकारीताले छोएको  थिएन । तर, अहिले गाँउपालिकाले स्वास्थ्य क्षेत्रमा पहुँच वृद्धि गर्दै आम नागरिकलाई आधारभुत स्वास्थ्य सम्बन्धी अधिकार प्रदान गर्नको निम्ति स्थानीय स्तरमा कालीगण्डकी अस्पताल सञ्चालन गरेपछि निःशुल्क स्वास्थ्य बीमाको प्रभावकारिता बढ्दै गएको छ । 

निःशुल्क स्वास्थ्य विमा कार्यक्रम अन्र्तगत यस क्षेत्रका नागरिकले बार्षिक एक लाख बराबरको स्वास्थ्य सम्बन्धी सेवा लिदै आएका छन् । निशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरे पश्चात पालिका भित्रका ४ हजार ७ सय ३३ घर धुरीका २१ हजार ७ सय २८ स्थानीयलाई राज्यले प्रदान गर्ने स्वस्थ्य सम्बन्धी मौलिक हक पालिकाले प्रदान गरेको  हो ।

आर्थिक बर्ष २०८१÷८२ को तथ्याङक हेर्दा पालिकाले एक करोड उनान्साठी लाख उनन्तीस हजार पचास रुपैँयाँ बराबरको प्रिमियम नेपाल स्वास्थ्य विमा बोर्ड लाइ बुझाएको छ । नेपाल स्वास्थ्य विमा बोर्डलाई स्थानीयले बुझाउनु पर्ने प्रिमियम रकमको भागिदार पालिका बनेपछि स्थानीयले स्थानीय सरकारको अनुभुती गर्न थालेका छन् । 

स्वास्थ्य विमा कार्यक्रममा आर्कष्ण हुदै जान थालेपछि पालिकाले स्वास्थ्य विमामा हुने सुवीधा थैली बाहेकका आधारभुत स्वास्थ्य सेवा लिने स्थानीयलाई निशुल्क स्वास्थ्य सेवा समेत प्रदान गर्दे आईरहेको छ । 

त्यस्तै पालिकाले नवजात शिशुहरुको जन्मेकै दिन देखि लागु हुने गरि स्वास्थ्य विमा कार्यक्रम अगाडी बढाएको छ । 

नवजात शिशुलाई निशुल्क विमाको पा्रवधान गरे पश्चात घरमा बच्चा जन्माउने संख्यामा पनि कमि आएको छ । आर्थिक बर्ष २०८१÷८२ को तथ्याङक अनुसार पालिकाको अस्पतालमा ८२ जना नवजात सिशुले निशुल्क स्वास्थ्य विमा कार्यक्रम जन्म सिद्ध प्राप्ती गरेका छन् । 

जम्म पश्चात बालविकासमा देखिने स्वास्थ्य समस्यालाई निराकरण गर्दे स्वास्थ्य र दक्ष जनशक्ति उत्पादन गर्नेको निम्ति पालिकाले चालेको कदमलाई थप प्रभाकारी बनाउदै लाने योजनामा रहेको प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायको भनाई छ । 

गर्भावस्थादेखि नै आम नगरिकलाई स्वास्थ्य मैत्री बनाउने लक्ष्य लिएको पालिकाले गर्भ अवस्थाका महिलाहरुलाई मासिक २ पटक निशुल्क स्वास्थ्य परिक्षण गर्ने व्यवस्था समेत गरेको छ । त्यस्तै घरमा बच्चा जन्माउने प्रचलनलाई अन्त्य गर्न पालिकाले गर्भवती महिलालाई अस्पताल सम्म आईपुग्न निशुल्क एम्बुलेन्सको समेत व्यवस्था गरेको छ ।

५ बर्ष मुनिका बालबालीका हरुको पुड्कोपन,ख्याउटेपन, उमेर अनुसार कम तौल,प्रजनन् उमेरका महिलाहरुमा रक्त अल्पता तथा कुपोषणमा सुधार गर्न पालिकाले गर्भवतीलाई निशुल्क क्यल्सियम वितरण तथा भिडियो एक्सरे परिक्षणहरु, घुम्ती शिविरको रुपमा सञ्चालन गर्दे आईरहेको पालिका अध्यक्ष खिम बहादुर थापाको भनाई छ । 

स्वास्थ्य सस्था,विद्यालय र समुदाय गरि तिन चरणमा स्वास्थ्य सम्बन्धी कार्य गर्दै आईरहेको पालिकाले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी तुल्याउन कुपोषित बालबालिकाको पोषण सुधारका लागी अण्डा वितरण,सुत्केरी संग उपाध्यक्ष कार्यक्रम ,प्रत्येक विद्यालयमा युरो गार्डको व्यवस्था जस्ता कार्यक्रम लोकप्रिय कार्यक्रम हो । 

पालिकाले स्थानीय उत्पादनको खपत तथा बजारीकरणलाई सहयोग पुय्राउने उदेश्यले गाँउमै सर्वोत्तम पिठो उत्पादन गरि ६ महिनादेखि २ वर्षसम्मका बालबालिकालाई मासिक १ के जीका दरले वितरण गर्ने गरेको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update