काठमाडौँ । नेपाली पर्या साहित्य प्रतिष्ठानको आयोजनामा तथा साहित्यपोस्टको सह-आयोजनामा “दशौं वातावरण साहित्य गोष्ठी” आगामी जेठ १७ गते प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजना हुने भएको छ।
गोष्ठीमा लेखक विजय हितानद्वारा रचित पर्या-कवितासंग्रह ‘मलाई आर्यघाट लगेर नजलाउनु’ को लोकार्पण गरिने छ । साथै पर्या-निबन्ध प्रतियोगितामा सहभागी १०८ निबन्धमध्येबाट छानिएका उत्कृष्ट ३२ निबन्धहरूको संग्रह सार्वजनिक गरिने कार्यक्रम रहेको छ।
गोष्ठीमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने निबन्धकारहरूलाई पुरस्कारसहित सम्मान प्रदान गरिने छ भने बाँकी २९ जना प्रतियोगीलाई पनि सम्मान गरिने आयोजकले जनाएका छन्।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ डा.अभि सुवेदी हुने छन् भने विशेष अतिथिका रूपमा ज्ञानबहादुर क्षत्री रहने छन् । गोष्ठीका की-नोट स्पिकर डा.गोविन्दराज भट्टराई रहने छन् भन डा.गीता त्रिपाठी र डा.अशोक थापा कार्यक्रमका वक्ता रहने छन्। कार्यक्रमको संयोजन विजय हितानले गर्ने बताइएकाे छ ।