
काठमाडौँ । पछिल्लो समय पूर्वनवयुवराज हृदयेन्द्र शाह राजनीतिक चर्चाको केन्द्रमा छन् । उनी कहिलेकाँही प्रधानमन्त्री केपी शर्मा ओलीकै टिप्पणीको पात्र बन्छन् । त कहिले भावी राजाको रुपमा पनि उनको चर्चा हुने गरेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहका नाती तथा पूर्वयुवराज पारश साहका पुत्र हृदयेन्द्रलाई राजावादी दलहहरुले भावि राजाको रुपमा उभ्याउँदै आएका छन् । जसले उनको राजनीतिक चर्चा चलेकै छ । तर गत बैशाख १७ गते एक सार्वजनिक कार्यक्रममै प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व नवयुवराज हृदयेन्द्रलाई राजनीतिमा नआउन बरु कलामारितामै लाग्न भनेर सुझाव दिएका थिए । यसपछि उनको चर्चा थप चुलिएको हो । सो समय प्रधानमन्त्री ओलीले राजसंस्था पुनस्र्थापना असम्भव भएको भन्दै हृदयेन्द्रमाथि यस्तो टिप्पणी गरेका थिए ।
प्रधानमन्त्री ओलीको यो टिप्पणीपछि हृदयेन्द्रले एकअर्काको विचारलाई सम्मान गर्नुपर्छ भनेर दिएको जवाफमाथि पनि आम रुपमै प्रशंयनीय प्रतिकृया आएका थिए । यसपछि हृदयेन्द्रको चर्चा अझ चुलिएको थियो । पछिल्लो सयम उनी नेपालमै छन् । अेमेरिकामा मास्टर्स अध्ययन गरिरहेका हृदयेन्द्र केही दिन अघि नेपाल फर्कँदासमेत उनलाई राजनीतिसँग जोडेर चर्चा गरियो । तर यस्तो संयोग भयोकी उनी स्वदेश फर्कीएकै समय राजवादीहरुले आगामी आन्दोलनको तयारी गरिरहेका थिए । जुन आन्दोलनसँगै जोडेर उनी पनि राजसंस्था पुनस्र्थापनाको अभियानमा सामेल हुन लागेका हुन कि ? भन्ने आशंका गरिएको थियो । यद्यपि उनी छुट्टी मनाउन नेपाल आएका थिए ।
राजावादी आन्दोलन र हृदयेन्द्र कनेक्सन !
विभिन्न दलहरुले लामो समयदेखि राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन गरिरहेका छन् । तर भावी राजा को ? भन्ने विषयमा स्वयम राजावादी संगठनहरुसमेत स्पष्ट छैनन् । पूर्वराजा ज्ञानेन्द्र उमेरकै हिसाबले पनि राजाका लागि असक्षम बन्न सक्छन् । त्यस्तै पूर्वयुवराज पारस शाहलाई राजावादीहरु नै राजाका रुपमा अघि सार्न सक्ने अवस्थामा छैनन् । यही अवस्थामा भावी राजाको रुपमा तेस्रो पुस्ताका हृदयेन्द्रको चर्चा भइरहेका हुन् ।
यतिबेला राजसंस्था पुनरस्थापनाका लागि राप्रपा, राप्रपा नेपाल तथा अन्य राजावादी संगठनहरुले व्यापक आन्दोलनको तयारी गरिरहेका छन् । राप्रपाले संयुक्त रुपमै कुनैपनि हालतमा रासंस्था पुनस्र्थापना गर्ने भन्दै यही जेठ १५ गते बृहत जनसभा कार्यक्रमको आयोजना गर्दैछ । र, उनीहरुले गणतन्त्र र गणतन्त्रवादी नेताहरुलाई विस्थापित गर्नेसम्मको चेतावनी दिँदै निर्णायक आन्दोलन गर्ने निश्कर्ष निकालेका छन् ।
हृदयेन्द्रलाई राजा मान्ने काँग्रेसी चर्चा !
नेपाली काँग्रेस संसदको सबैभन्दा ठूलो दल हो । यसको धारणा र कोणले समग्र राजनीतिमा पनि ठूलो अर्थ राख्छ । राजावादीहरुको वृहत आन्दोलनको सम्मुखमा नेपाली काँग्रेस राजावादीप्रति नरम र हृदयेन्द्रलाई राजा मान्न तयार भएकोजस्ता समाचारहरुले अहिले राजनीति नै तातोको अवस्था छ ।
बुधबारदेखि सामाजिक संजाल र केही संचारमाध्यमहरुले काँग्रेस सभापति शेरबहादुर देउवाले नै आफू संवैधानिक राजसंस्थाबारे नकारात्मक नरहेको र हृदयेन्द्र शाह राजा बनेमा आफ्नो समर्थन रहने सन्देश राजसंस्था पुनःस्थापना आन्दोलनसमक्ष पठाएको भन्ने चर्चा चलिरहेको छ । यद्यपि यी समाचारहरु तथ्यहीन भएको भन्दै काँग्रेसकै नेताहरुले पनि खण्डन गरिरहेका छन् । हुनत काँग्रेसभित्र राजसंस्थाप्रति केही नरम बन्नुपर्ने र धर्मनिरपेक्षताको विषयमा पुनरविचार गरिनुपर्ने आवाजहरु पनि नउठिरहेका भने होइनन् । यद्यपि हालकै अवस्थामा काँग्रेसले राजा स्वीकार गरिहाल्ने अवस्था भने देखिँदैन । तसर्थ राजसंस्था र हृदयेन्द्रबारे काँग्रेसले तय गरेको भित्रि धारणा भनेर भइरहेका चर्चाहरु खासै तथ्यहीन देखिँदैनन् ।