News 24 Television
ट्राफिक प्रहरीको अभियानः ‘सेफ ड्राइभ, लङ लाइफ’

सर्लाही । सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमपालन र जनचेतनाका लागि सर्लाहीमा ट्राफिक सचेतनामूलक सप्ताह’ सञ्चालन गरिएको छ । अभियान अन्तर्गत शनिवार सर्लाही ट्राफिक प्रहरी कार्यालयले लामो दुरीका सवारी चालक र सहचालकहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ । जनसचेतनामुलक कार्यक्रम अन्तर्गत सर्लाही ट्राफिक प्रहरी कार्यालयले शनिवार चालक र सहचालकका लागि सडकमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

‘ट्राफिक सचेतनामूलक सप्ताह’ कार्यक्रम सञ्चालन गर्दै प्रहरीले शनिवार शनिबार लामो दुरीका सवारी चालक र सह चालकहरूका लागि एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । ‘सेफ ड्राइभ, लङ लाइफ’ भन्ने मूल नारासहित ट्राफिक सचेतना सप्ताह शूरु गरिएकोमा चालक तथा सहचालकहरु खुशी देखिए । 

ट्राफिक प्रहरीको यो अभियान अन्र्तरगत शनिबार १ सय भन्दा बढी सवारी चालकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाउको छ । स्वास्थ्य परीक्षणसँगै शनिवार नै चालकसँग २ मिनेट कार्यक्रम सञ्चालन गरिएको छ । यो कार्यक्रम अन्र्तरगत चालकहरुलाई सवारी साधन चलाउदा अपनाउनुपर्ने नियम कानुनबारे जानकारी गराइएको छ ।  

चालकको कमजोर स्वास्थ्य पनि दुर्घटनाको कारक भएकोले यात्रुवाहक सवारीलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गरिएको ट्राफिक प्रहरीको भनाई छ ।

परीक्षणका क्रममा उच्च रक्तचाप र आँखाको भिजन कमजोर देखिएकालाई तत्काल उपचार गराउने सल्लाह दिइएको छ । जनचेतनामूलक ट्राफिक सप्ताह अन्तर्गत विद्यालय, क्याम्पस, व्यवसायिक केन्द्रहरू, यातायात पार्क, बजार तथा चोकहरूमा विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गरिनेछ । जेठ २२ गतेदेखि शुरु गरिएको ट्राफिक सचेतनामुलक सप्ताह कार्यक्रम जेठ २७ गते समापन हुनेछ ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update