
कास्की । पोखरामा हरिया रङका नगर बसले कालो धुँवाको मुस्लो फाल्दै कुद्ने गरेका छन् । यसले गर्दा सर्वसाधरण हैरानीमा छन् । पोखराका नगर बसको कालो मुस्लोले पोखराको बद्नाम मात्र गराएको छैन, सहरलाई नै प्रदूषित बनाएको छ ।
सार्वजनिक सवारीले शहर प्रदुषित गरेको भन्दै चौतर्फी विरोध हुन थालेपछि यातायात व्यवस्था कार्यालय कास्की र जिल्ला ट्राफिक कार्यालय कास्की अनुगमन थालेको छ ।
पोखरामा हरिया रङका नगर बसले कालो धुँवाको मुस्लो फाल्दै कुद्ने पोखरालाई प्रदूषित बनाएपछि यातायात व्यवस्था कार्यालय कास्की र जिल्ला ट्राफिक कार्यालय कास्की एक्सनमा उत्रिएका छन् ।
पोखरामा सार्वजनिक नगर बस मात्रै होइन अन्य सवारी साधनले पनि उस्तै प्रदुषण बढाएपछि छड्के अनुगमन गरिएको हो । सवारी साधनहरुको समयमै सर्भिसिङ तथा आवश्यक मर्मत सम्भार नगर्दा धुँवाको मुस्लो फाल्ने गरेको छ ।
कालो धुवा फाल्ने सवारी साधनबाट उत्सर्जन प्रदुषणले वायु प्रदुषण गराउने जनगुनासो बढेपछि यातायात कार्यालय कास्की र ट्राफिक प्रहरीले अनुगमन थालेको हो । २१ वटा नगरबसमा परीक्षण गर्दा १० वटाको जाँचपास फेल भएको भेटिएको छ ।
यातायात व्यवस्था कार्यालय कास्की र जिल्ला ट्राफिक कार्यालय कास्कीको सयुक्त रुपमा खटिएको टोलिले केही दिन आगाडि पनि अनुगमन गरेको थियो । सवारी साधन मापदण्ड विपरित फेला भएको पाइएपछि ती सवारी साधनलाई जाँच पास नभएसम्म सञ्चालनको अनुमती रद्द गरेको छ । प्रत्येक सार्वजनिक सवारी साधन ६\६ महिनामा र निजी सवारी साधन प्रत्येक वर्षमा जाँच पास गर्नुपर्ने नियम छ । सवारी जाँच गर्दा ६५ प्रतिशत भन्दा तल आयो भने त्यस सवारी पास हुन्छ ।
छड्के अनुगमनबाहेक ट्राफिक प्रहरीले पोखरामा धुँवा उडाउँदै गुड्ने सवारी साधनलाई समातेर यातायात व्यवस्था कार्यालय कास्कीमा पठाउने गरेको छ । तर, सर्भिसिङ गर भनेर छोडिदिँदा समस्या ज्यूँ का त्यूँ रहेको ट्राफिक प्रहरीको भनाई छ ।
अहिले पोखरामा डिजेल र पेट्रोलबाट चल्ने दुबै खाले गाडीको प्रदूषण मापन गर्ने २ वटा मेसिन खरिद भएको छ । पोखरामा कालो धुँवा फाल्ने गाडीको प्रदूषण मापन ‘स्मोक डेनसिटी’ ८०\९० सम्म देखिएको यातायात कार्यालयले जनाएको छ । पोखरा बस व्यवसायीका मात्रै ३ सय ५२ वटा नगर बस छन् ।
लेखनाथ सिटी बससहित अन्य कम्पनीका समेत गर्दा पोखरा नगरभित्रमा चल्ने सार्वजनिक बस करिब ४ सय हाराहारीमा छन् । यीबाहेक पोखरा हुँदै ३ लाख सवारी साधन गुड्ने यातायात व्यवस्था कार्यालयको तथ्यांक छ । गण्डकी प्रदेशभित्र चल्ने निजी र सार्वजनिक गरेर ३ लाख ५२ हजार गाडी दर्ता छन् ।