News 24 Television
स्वास्थ्य बीमामा मन्त्रालयको ब्रिफिङ, डेंगी र कोभिडमा नयाँ योजना !

काठमाडौं । सरकारले स्वास्थ्य बीमा सम्बन्धी गरेको निर्णय र यसबाट पुग्ने फाइदाबारे जानकारी गराएको छ । साथै स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका प्रयास गरिरहेको दाबी समेत गरेको छ । 

यता, वर्षायामसँग नेपालमा डेंगीको प्रकोप फेरि उच्च भएको छ । तत्काल सर्तकता नअपनाउने हो भने देशभरको जनस्वास्थ्य प्रभावित हुनेतर्फ स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ । 

सरकारले स्वास्थ्य क्षेत्रमा समग्र सुधारका लागि तीव्र गतिमा काम गरिरहेको दाबी गरेको  छ । स्वास्थ्य मन्त्रालयले आफुले गरिरहेका कामबारे जानकारी गराउँदै स्वास्थ्य बीमा लगाएत संक्रमण नियन्त्रणका क्षेत्रमा सुधारात्मक काम गरेको दाबी गरेको हो । 

स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधनको दफा ९ को उपदफा ६ तथा नियमावली २०७५ को प्रथम संशोधनको नियम २ को खण्ड ६ ले प्रथम सेवाबिन्दु सरकारी स्वास्थ्य संस्थामा मात्र रहने व्यवस्था गरेकाले विगतमा प्रथम सेवाबिन्दुको रुपमा विमितहरुलाई सेवा दिँदै आएका सरकारी बाहेकका अन्य सेवा प्रदायक स्वास्थ्य संस्थाबाट प्रथम सेवा बिन्दु हटाउने निर्णयले नागरिकमा सहजता छाउने मन्त्रालयको दाबी छ । साथै नेपालमा डेंगी संक्रमणको जोखिम थप बढ्न थालेकोबारे सरकारले सचेत गराएको   छ । 

कस्तो छ अहिलेसम्म डेंगी संक्रमणको अवस्था ?

-    गत पुसदेखि असार १८ गतेसम्म १ हजार ६ सय ७३ वटा डेंगीका केस पुष्टि भएका छन् ।

-    २०८१ पुस १७ गतेदेखि २०८२ असार १८ गतेसम्म ७३ जिल्लामा गरि १ हजार ६ सय ७३ वटा डेंगीका केस पुष्टि भएका हुन् । 

-  हिमाली ४ जिल्ला (डोल्पा, हुम्ला, मनाङ र रसुवा) मा भने यस वर्ष हालसम्म डेंगी संक्रमणको केस देखिएको छैन । 

-    सबैभन्दा धेरै वागमति प्रदेशमा ४ सय ४, गण्डकी प्रदेशमा ३ सय ५८, कोशी प्रदेशमा ३ सय ३४ वटा केस पुष्टि भएका छन् । 

-   सबैभन्दा धेरै काठमाडौं जिल्लामा १ सय ७८ जना, कास्कीमा १ सय ३४, सुनसरीमा १ सय ५ वटा डेंगुका केस दर्ता भएका छन् । 

-    डेंगी संक्रमण हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांशपेसीहरु बेस्सरी दुख्ने, आँखाको गेडी दुख्नु, टाउको धेरै दुख्नु, शरीरमा राता बिमिराहरु आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु जस्ता लक्षणहरु देखिन्छन् । 

-   डेंगी संक्रमित करिब ८० प्रतिशत केसहरुमा लक्षण नदेखिने हुन्छ ।

कोभिड १९ को अवस्था कहिले कस्तो छ ?

-    नेपालमा कोभिड १९ को संक्रमण अन्य थप जिल्लाहरुमा पनि देखिन थालेको छ ।

-  २०८१ को पुस १७ गतेदेखि २०८२ को असार १८ गतेसम्म नेपालका ३१ वटा जिल्लाबाट कोभिड १९ का २ सय ४३ केस दर्ता भएका छन् ।

-   पछिल्लो एक हप्तामा नेपालमा ३५ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

-   सरकारले कोभिड १९ को जोखिमलाई मध्यनजर गरि १७ वटा सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोभिड १९ को निगरानीलाई कडाई गरेको छ ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update