News 24 Television
एनपीएल जित्ने अन्तिम परीक्षामा सुदूरपश्चिम र जनकपुर  
एनपीएल जित्ने अन्तिम परीक्षामा सुदूरपश्चिम र जनकपुर   मधेश प्रदेशको प्रतिनिधित्व गरिरहेको जनकपुर बोल्ट्स र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरिरहेको सुदूरपश्चिम रोयल्सबीच शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ बजेपछि नेपाल प्रिमियर लिग एनपीएलको उपाधि भिडन्त हुँदैछ । 
उपाधिका हकदार को, सुदूरपश्चिम कि जनकपुर ? 
उपाधिका हकदार को, सुदूरपश्चिम कि जनकपुर ?  जनकपुर बोल्ट्सले बिहीवार दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्त तय गरेको छ । 
एनपिएलको फाइनलमा जनकपुर, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने
एनपिएलको फाइनलमा जनकपुर, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने जनकपुर बोल्ट्सले बिहीवार कर्णाली याक्सलाई दुई विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्त तय गरेको छ । जिमी निसमको अलराउन्ड प्रदर्शनमा जनकपुरले दोस्रो क्वालिफायरमा कर्णालीलाई हराउँदै सुदूरपश्चिम रोयल्ससँग फाइनल खेल्ने यात्रा तय गरेको हो । सुदूरपश्चिमले बुधबार नै जनकपुरलाई नै पहिलो क्वालिफायरमा हराउँदै फाइनलमा स्थान बनाइसकेको छ ।
सुदूरपश्चिम रोयल्स फाइनलमा, दोस्रो क्वालिफायरमा जनकपुर र कर्णाली भिड्ने
सुदूरपश्चिम रोयल्स फाइनलमा, दोस्रो क्वालिफायरमा जनकपुर र कर्णाली भिड्ने विनोद ५८ र दीपेन्द्र २० रनमा अविजित रहे । विनोदले ५५ बलमा समान तीन चौका र छक्का हिर्काए । दीपेन्द्रको इनिङमा समान एक चौका र छक्का रह्यो । जनकपुरको बलिङमा ललित र किशोरले समान एक विकेट लिए । समान चार ओभरमा ललितले ३७ रन खर्चिदा किशोरले १६ रन मात्र दिए...
एनपिएल : कर्णाली याक्स दोस्रो क्वालिफायरमा
एनपिएल : कर्णाली याक्स दोस्रो क्वालिफायरमा कर्णाली याक्सले बुधवार चितवन राइनोजलाई हराउँदै नेपाल प्रिमियर  लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।  तीन ब्याटरको उत्कष्ट प्रदर्शनमा कर्णालीले चितवनमाथि २१ रनको जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । त्रिवि क्रिकेट मैदानमा १७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन मात्र...
एसीसी यू–१९ महिला एसिया कपमा नेपाल समूह विजेता बन्दै सुपर ४ मा
एसीसी यू–१९ महिला एसिया कपमा नेपाल समूह विजेता बन्दै सुपर ४ मा मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कपमा नेपाल समूह विजेता बन्दै सुपर ४ मा पुगेको छ । मंगलबार भारतसँगको खेल वर्षाको कारण प्रभावित भई अंक बाँडिएपछि नेपाल समूह विजता बन्दै सुपर ४ मा पुगेको हो । 
पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर,  इलिमिनेटरमा चितवन र कर्णाली भिड्ने
पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर, इलिमिनेटरमा चितवन र कर्णाली भिड्ने सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध १२.२ ओभरभित्र जित निकाल्न असफल भएसँगै काठमाडौं गुर्खाजको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअप पुग्ने सम्भावना समाप्त भएको छ ।  सुदूरपश्चिमले सोमवार कर्णालीमाथि ६ विकेटले हराउँदै शिर्ष स्थानमा रहेर पहिलो क्वालिफायरको यात्रा तय गर्यो । लिग खेल सकिएसँगै एनपिएलको प्लेअफमा खेल्ने चारै टोलीको पनि टुङ्गो लाग्यो...
एनपिएल : सुदूरपश्चिम शिर्षमा रहँदै पहिलो क्वालिफायरमा
एनपिएल : सुदूरपश्चिम शिर्षमा रहँदै पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले आईतवार पोखरा एभेन्जर्समाथि नाटकीय जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफसँगै पहिलो क्वालिफायरमा स्थान बनाएको छ । जितको संघारमा देखिएको पोखराबाट जित निकालेपछि सुदूरपश्चिम एनपिएलको शिर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको हो । पोखराले जितका लागि अन्तिम सात बलमा आठ रन मात्र आवश्यक थियो । प्लेअफ होडबाट...
एनपिएल : एक खेलआगावै जनकपुर प्लेअफमा
एनपिएल : एक खेलआगावै जनकपुर प्लेअफमा त्रिवि क्रिकेट मैदानमा जनकपुरले काठमाडौंलाई पाँच विकेटले हराउँदै प्लेअफमा स्थान बनाएको हो । काठमाडौंले १०२ रनको सामान्य लक्ष्य दिएको थियो । तर जनकपुरले १५.३ ओभरमा पाँच विकेट गुमाउँदै त्यो लक्ष्य भेट्टायो । यससँगै जनकपुरले ६ खेलबाट पाँच जित निकाल्दैै १० अंक जोडेको छ । जितसँगै जनकपुर शीर्ष स्थानमा उक्लिएको छ...
पोखरासँगको हारपछि विराटनगर पनि बाहिरियो एनपिएलबाट
पोखरासँगको हारपछि विराटनगर पनि बाहिरियो एनपिएलबाट विराटनगर किङ्ग्स जारी नेपाल क्रिकेट लिगबाट बाहिरिएकाे छ । बिहीबार रेमन्ड रिफरको शानदार प्रदर्शनमा पोखरा एभेन्जर्सले विराटनरलाई सुपर ओभरमा पराजित गरेपछि विराटनगर लिग चरणबाट बाहिरिएको हाे । पोखराले भने प्ले अफमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । पोखराको जितमा रेमन्ड रिफर नायक बने । खेललाई बराबरीमा पुर्याउनेदेखि सुपर ओभरमा बलिङ...
एनपीएलमा यतिसम्म भयो ! कसले कसरी के गरे ?
एनपीएलमा यतिसम्म भयो ! कसले कसरी के गरे ? रोहित पौडेल कप्तान रहेको लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ । ‘लो स्कोरिङ’ खेलमा काठमाडौंसँग पराजय व्यहोरेसँगै लिग चरणबाट बाहिरिने पहिलो टिम लुम्बिनी बनेको हो । 
एनपिएलबाट बाहिरिएपछि लुम्बिनीका कप्तान भन्छन्- 'सोचेअनुरूप खेल्न सकेनौं'
एनपिएलबाट बाहिरिएपछि लुम्बिनीका कप्तान भन्छन्- 'सोचेअनुरूप खेल्न सकेनौं'  लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पाँचौं हारसँगै प्लेअफ होडबाट बाहिरिएपछि समग्रमा नेपाल प्रिमियर लिग(एनपिएल) को यात्रामा लक्ष्यअनुरूपमा खेल्न नसकेको बताएका छन् । काठमाडौं गुर्खाजसँगको हारपछि भएको पत्रकार सम्मेलनमा लुम्बिनीका कप्तान रोहितले आफ्नो क्षमताअनुरूप टोलीले नै खेल्न नसकेको स्वीकार गरेका हुन् । सुरुका खेलमा बलिङमा चुकेको र पछिका ब्याटिङमा राम्रो हुन...
Weather Update