News 24 Television
खेदकुदमै लफडाबाजी चर्कियो ! फेरि आयो यस्तो–यस्तो निर्देशन !
खेदकुदमै लफडाबाजी चर्कियो ! फेरि आयो यस्तो–यस्तो निर्देशन ! राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को अनुरूप नचल्ने संघविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइने भएको छ । नेपाली खेलकुदको नियमन निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यस्तो चेतावनी दिएको छ । नेतृत्वदेखि अनेक पक्षमा खेदकुद क्षेत्रमा विवाद भइनै रहेका   छन् । 
आहा रारामा एपीएफ पराजित, मछिन्द्रको पनि गति उस्तै !
आहा रारामा एपीएफ पराजित, मछिन्द्रको पनि गति उस्तै ! पोखरामा जारी २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र फुटबल क्लब विजयी भएको छ । एपीएफ फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै मछिन्द्रले जित हासिल गरेको हो । यद्दपी, समग्रमा दुबै टिमको प्रदर्शन उत्कृष्ट भने देखिएको छैन ।
नेपाललाई चम्काएका मोन्टीको भावुक विदाई
नेपाललाई चम्काएका मोन्टीको भावुक विदाई २०२३ मा अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता गुम्ने संघारमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई एक चमत्कारी स्पर्श चाहिएको थियो । त्यसैबेला मञ्चमा देखा परे मोन्टी देशाई । उनको नेतृत्वमा नेपालले मात्र क्रिकेट खेलेन, इतिहास बनायो । 
टी २० मा नेपाल लगातार पराजित, खेलमा कसले गरे के ?
टी २० मा नेपाल लगातार पराजित, खेलमा कसले गरे के ? नेपालले घरेलु मैदानमा जारी त्रिकोणात्मक टी ट्वान्टी आई क्रिकेट श्रृंखलामा लगातार हार बेहोरी रहेको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार भएका खेलमा समेत पराजित भएसँगै नेपालले हारको यात्रालाई निरन्तरता दिएको देखिएको हो । आइतबारको खेलमा नेदरल्याण्ड्स १५  रनले विजयी भयो । 
त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट श्रृंखलामा नेदरल्याण्ड्ससँग नेपालको हार
त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट श्रृंखलामा नेदरल्याण्ड्ससँग नेपालको हार अनुभवी ब्याटरबाट साथ नपाउँदा नेपालले घरेलु मैदानमा शुरु भएको त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट श्रृंखलामा बिहीवार नेदरल्याण्ड्ससँग हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्याटरबाट राम्रो साथ पाउन नसक्दा नेपालले डच टोलीसँग २० रनको हार व्यहोरेको हो । 
अपराजित रहँदै एपीएफ बन्यो महिला लिग च्याम्पियन
अपराजित रहँदै एपीएफ बन्यो महिला लिग च्याम्पियन विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लवले एन्फा महिला लिग फुटवल च्याम्पियन बनेको छ । यसअघिका सबै लिगको विजेता एपीएफ यो पटक अपराजित रहँदै च्याम्पियन बनेको हो । एपीएफलाई लिगको पहिलो चरणमा पुलिसले बराबरीमा रोके पनि अन्य खेलमा कसैले रोक्न सकेनन् । 
रुपन्देहीमा उच्चस्तरहको क्रिकेट प्रशिक्षण, क्रिकेटमा भविष्य खोज्ने उत्साहित 
रुपन्देहीमा उच्चस्तरहको क्रिकेट प्रशिक्षण, क्रिकेटमा भविष्य खोज्ने उत्साहित  पछिल्ला केही दशकयता नेपालमा क्रिकेट लोकप्रिय छ । त्यसैले पनि धेरैले आफ्ना छोराछोरीलाई क्रिकेट खेल्न प्रोत्साहन गरिरहेका छन् । तर, धेरै ठाउँ क्रिकेट मैदान र एकेडेमीको अभाव छ । जसले गर्दा चाहेर पनि बालबालिकालाई परिवारले क्रिकेटमा अगाडि बढाउन सकेका छैनन् । तर, रुपन्देही यस्तो जिल्ला हो, जहाँ एकेडेमीमा सिक्दै, राष्ट्रियस्तरको...
टाइगर कपको भिडन्त ! यस्ता–यस्ता विदेशी खेलाडी ! 
टाइगर कपको भिडन्त ! यस्ता–यस्ता विदेशी खेलाडी !  शनिबारदेखि ५औँ संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता पोखरा रंगशालामा शुरू भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ६ गरी कूल १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 
काठमाडौंको चक्रपथभर दौडादौडको होड ! राजन र सन्तोषी टप 
काठमाडौंको चक्रपथभर दौडादौडको होड ! राजन र सन्तोषी टप  राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करणको उपाधि त्रिभुवन आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले जितेका छन् । प्रतियोगिताको मुख्य स्पर्धाको रुपमा रहेको हाफ म्याराथनमा पुरुषतर्फ राजन र महिलातर्फ सन्तोषी च्याम्पियन बनेका हुन् । 
Weather Update