नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा निर्वाचित
बुधबार, वैशाख १०, २०८२
विन्धबासिनी साकोसबाट शुभारम्भ सहकारी क्षेत्र सुधारका लागि बनेपाबाट सुरु भयो ‘सेक्योस’
बुधबार, वैशाख १०, २०८२
बनेपा नगरपालिकाले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्ने उद्देश्यले ‘सेक्योस अनलाइन प्रणाली’ सञ्चालनमा ल्याएको छ। सहकारी संस्थाको शासकीय, वित्तीय तथा अन्य सूचकांकलाई व्यवस्थित गर्दै नियमित अनुगमन र मूल्यांकन गर्न सकिने यो प्रणाली नेपालमै पहिलोपटक बनेपाबाट सुरु गरिएको हो।
वेगनासमा डुंगा डुब्दा सशस्त्र प्रहरीले कसरी गर्छ उद्दार ?
बुधबार, वैशाख १०, २०८२
पोखराको बेगनासतालमा बेला बेलामा डुंगा दुर्घटना हुँदा कैयौंले अकालमा ज्यान गुमाउनु परेको छ । मंगलबार पनि बिहानै रमाइलो गरेर हिडेका युवाहरु चढेको डुंगाको भयानक दुर्घटना भयो । तुरुन्तै उद्दार पनि भयो । सबै सकुशल रहे । तर यो दुर्घटना भने सशस्त्र प्रहरी बलको कृत्रिम अभ्यासको दृष्य थियो ।
संसारी माईको मन्दिर भत्काइयो, स्थानीय आक्रोशित
बुधबार, वैशाख १०, २०८२
झापाको मेचीनगरमा रहेको ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको पातलगंगाधामस्थित संसारी माई मन्दिर सोमबार राति डोजर लगाएर भत्काइएको छ । सार्वजनिक मन्दिर भत्काइएपछि सनसारी माईको सामूहिक पूजाको तयारीमा जुटेका स्थानीय बासिन्दा आक्रोशित बनेका छन् ।
सिडियो परिचालन गरेर १२ को परीक्षा, शिक्षकको बहिष्कार
बुधबार, वैशाख १०, २०८२
देशको मेरुदण्ड मानिने शिक्षा क्षेत्र अहिले आन्दोलनको ज्वालामा दन्किरहेको छ । शिक्षकहरूले ‘विद्या दान’ होइन, विद्रोह रोजेका छन् । शिक्षामन्त्रीको राजीनामा, प्रधानमन्त्रीको व्यंग्य, दलहरूको हस्तक्षेप अनि शिक्षाको ठाउँमा राजनीतिका पाठ यसले शिक्षक आन्दोलनले अब कुन बाटो लिन्छ ? आम चासो व्याप्त छ ।
विद्यादेवीलाई साइड लगाउन ओली खुलेआम, के पर्लान त प्रचण्डको पासोमा ?
बुधबार, वैशाख १०, २०८२
एमाले अध्यक्ष केपी ओलीले आफूबिनाको एमाले १५÷२० वर्ष सम्भव नरहेको दोहो¥याएका छन् । ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै स्वास्थ्य, बुढ्यौलि लगायतका विषयमा निर्मम टिप्पणी गरेका छन् । के यस्तो स्थितिले विद्यादेवी भण्डारीको एमाले नेतृत्वमा आउने चाहना पुरा होला ? यता, माओवादी केन्द्रले भनिरहेको वामपन्थी एकताको माहोल बन्ला ?
निजामतिका नेताहरुको यस्तो हंगामा ! हेक्का राख भन्दै धम्की !
बुधबार, वैशाख १०, २०८२
पछिल्ला दिनहरुमा देशभर आन्दोलनका परिदृष्य बढिरहेका छन् । अहिले काठमाडौंमा शिक्षकदेखि निजामति कर्मचारीहरु समेत आन्दोलित अवस्थामा छन् । यस परिवेशका बीच राष्ट्रिय स्तरको आधिकारिक ट्रेड युनियन रहने व्यवस्था गर्न कर्मचारी संघ सङ्गठनका प्रतिनिधिहरुले माग गरेका छन् । कर्मचारीहरूको संघ, प्रदेश र स्थानीय तहका सबै कर्मचारीलाई समेट्ने गरि व्यवस्था गर्न उनीहरुले...
नेपालमा कम्युनिस्टका यस्तासम्म कथा ! भोट छरपष्ट !
बुधबार, वैशाख १०, २०८२
नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७६ औं वर्ष पुगेको छ । पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ मा स्थापना भएको नेकपाले नेपाली राजनीतिमा विभिन्न उतारचढावदेखि सशस्त्र युद्धसम्मको स्थिति सिर्जना ग¥यो । पटक–पटक सरकार पनि गठन भए । तर, नेपालको वामपन्थी आन्दोलन सधैं विवाद, तानातान र आरोप–प्रत्यारोसहित टुटफुटमै रुमल्लिन पुग्यो । समग्रमा कस्तो...
सिफारिस समिति सदस्यले किन दिए राजीनामा ?
बुधबार, वैशाख १०, २०८२
सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेबीचको विवादले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अझै अलमलमा छ । यहि विवादकाबीच गभर्नर नियुक्ति सिफारिस समितिकै एक जना सदस्यले राजीनामा दिएका छन् । सिफारिस समितिकै सदस्यले राजीनामा दिएपछि गभर्नर नियुक्ति प्रक्रिया झनै जटिल बनेको छ ।
प्रधानमन्त्रीकै कारण विद्याको राजीनामा, स्वास्थ्य बहाना मात्रै भएको दाबी !
बुधबार, वैशाख १०, २०८२
विद्या भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शिक्षामन्त्रीबाट राजीनामा बुझाएपछि एमाले भित्रै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली आलोचित बनिरहेका छन् । प्रधानमन्त्रीलाई भेट्न खोज्दा ओलीको सचिवालयले भेट्न समेत नदिएको र शिक्षक आन्दोलनप्रति गम्भिर बन्दा प्रधानमन्त्री कार्यालयबाटै असहयोग भएपछि विद्याले राजीनामा दिएकी हुन् ।
विप्लवको गुनासो : प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौँ, एकचोटि हेरेनन्
मंगलबार, वैशाख ९, २०८२
हामीले प्रचण्ड र बाबुराम कमरेडलाई जिन्दगी नै दिएको हो । हामीले उहाँको आदेश मानेकै हो । आफ्नो परिवार गुमाउँदै लड्दै यहाँसम्म आइपुगेका हौं । उहाँहरुले हामीलाई हेर्नु हुदैन र ? एकचोटि गर हामी साथ दिन्छौं भन्नुहुँदैन र उहाँहरुले ? एकचोटि हेरे हुन्छ नि त । सधैं आफैं हुनुपर्छ र ?...
मिसन ०८४ मा हेरौँला, एमालेबिनाको नेपाल हुन्छ कि के बिनाको : प्रधानमन्त्री ओली
मंगलबार, वैशाख ९, २०८२
प्रधानमन्त्रीले काम गर्न नसके कान समातेर उठबस गराउनुपर्छ : वामदेव गौतम
मंगलबार, वैशाख ९, २०८२
नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनाबद्ध ढंगले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने उनले जिकिर गरे । नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरेर आवश्यकताअनुसार विकासको खाका कोर्नुपर्ने उनको भनाइ छ । गौतमले अब छलफल मात्र गरेर मुलुकमा विद्यमान आधारभुत आवश्यकताका समस्याहरु समाधान गर्न सम्भव नरहेको समेत जिकिर गरे । उनले छलफलमा...
