News 24 Television
यात्रु र बसको अवस्था अझै अज्ञात, विदेशी प्रविधि ल्याएर खोजिने 
यात्रु र बसको अवस्था अझै अज्ञात, विदेशी प्रविधि ल्याएर खोजिने  शुक्रवार बिहान चितवनको नारायणगढ—मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरो जाँदा त्रिशुली नदीमा झण्डै ६५ यात्रुसहित बेपत्ता दुई बस अझै पत्ता लाग्न सकेको छैन । यात्रु र बसको खोजीमा सेना, प्रहरी, शसस्त्र लगातार लागिरहेका छन् । 
ओली प्रधानमन्त्रीमा ५ बजेपछि मात्रै नियुक्त हुने
ओली प्रधानमन्त्रीमा ५ बजेपछि मात्रै नियुक्त हुने राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति गर्दैछन् । 
चार महिनामै फेरिन सक्छ सत्ता समीकरण, प्रचण्डका लागि अनुकूल हुने दाबी
चार महिनामै फेरिन सक्छ सत्ता समीकरण, प्रचण्डका लागि अनुकूल हुने दाबी काँग्रेस–एमाले सहकार्य विश्वासका आधारमा नअडेको दाबी गर्ने प्रचण्डलाई चार महिनापछि नै सत्ता समीकरण फेरिने संकेत एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले गरेका छन् । उनले चार महिनापछि नै राजनीतिक परिस्थिति प्रचण्डका लागि अनुकुल हुने भन्दै काँग्रेससँगको सम्बन्धलाई सन्तुलनमा राख्न आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै चौधरीले वर्तमान...
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा  भारी वर्षा हुने
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा  भारी वर्षा हुने हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रचण्डलाई रविको गुनै गुन, सरकारदेखि संसदसम्मै दिए दह्रो साथ 
प्रचण्डलाई रविको गुनै गुन, सरकारदेखि संसदसम्मै दिए दह्रो साथ  सुरुसुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एमालेसँग निकटस्थ देखिन्थ्यो । हुन पनि एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेको राजनीतिक व्यवहार त्यस्तै थिए । तत्कालीन समय एमालेले काँग्रेसको साथ छोडेर आएका प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गर्यो ।
Weather Update