News 24 Television
बालेन नगरसभामा अनुपस्थित, लाखौं रुपैयाँ स्वाह ! 
बालेन नगरसभामा अनुपस्थित, लाखौं रुपैयाँ स्वाह !  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ नगरसभा बैठकमा अनुपस्थित भएपछि बजेट र नीति तथा कार्यक्रम पारित गर्ने योजना रोकिएको छ । 
प्रचण्डको निवासमा बाबुराम, आउला नयाँ ट्विस्ट ?
प्रचण्डको निवासमा बाबुराम, आउला नयाँ ट्विस्ट ? नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् । गोरखाका जनताको अपमान गरेको दाबी गर्दै प्रचण्डमाथि आक्रोश पोखिरहने बाबुरामले प्रचण्डलाई बुढीगण्डकी करिडोर निर्माणका लागि बुझाएको पत्र र पछिल्ला घटनाक्रमलाई लिएर नयाँ चर्चा शुरु भएको छ । 
धान उत्पादन बढाउन आवश्यक छ : राष्ट्रपति
धान उत्पादन बढाउन आवश्यक छ : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाउनुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।
आज असार १५, दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
आज असार १५, दही चिउराको सांस्कृतिक पर्व मनाइँदै प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । 
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भेटवार्ता भएको छ
पहिरोले बनायो विचल्ली, सरकार मूकदर्शक 
पहिरोले बनायो विचल्ली, सरकार मूकदर्शक  दोलखा जिल्ला पहिरोको उच्च जोखिममा रहेको जिल्ला मध्येको एक हो । प्रत्येक वर्ष पहिरोमा बग्नु दोलखावासीको नियति जस्तै भइसक्यो । 
सांसद अब किसानतर्फ, सरकार असंवेदनशिल 
सांसद अब किसानतर्फ, सरकार असंवेदनशिल  सरकारले हरेक वर्षको नीति कार्यक्रम र बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखे पनि किसानका समस्या भने जस्ताको त्यस्तै छन् । 
सहकारी प्रकरणमा रविमाथि आपतको संकेत, अनुशन्धानमा तानिने खतरा ! 
सहकारी प्रकरणमा रविमाथि आपतको संकेत, अनुशन्धानमा तानिने खतरा !  सहकारी ठगी प्रकरणमा बनेको संसदीय छानविन समिति गृहमन्त्री रवि लामिछाने नजिक आइपुगेको छ । यो सँगै रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अनुशन्धानको साँघुरो घेराभित्र परेका छन् ।
झापामा खोलाले बगाउँदा दुई बेपत्ता
झापामा खोलाले बगाउँदा दुई बेपत्ता यहाँको गौरीगञ्ज गाउँपालिका वडा नं १ माहाभाराका ५० वर्षीय लखिराम मुर्मुलाई कमल खोलाले बगाएको छ ।
आर्थिक कूटनीति सरकारको प्राथमिकता : उपप्रधानमन्त्री श्रेष्ठ
आर्थिक कूटनीति सरकारको प्राथमिकता : उपप्रधानमन्त्री श्रेष्ठ उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीति सरकारको प्राथमिकता रहेको बताएका छन् । 
एकीकृत समाजवादीले केन्द्रीय कार्यसमितिको आकार बढाउने
एकीकृत समाजवादीले केन्द्रीय कार्यसमितिको आकार बढाउने नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले केन्द्रीय कार्यसमितिको आकार बढाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको बैठकले नेताहरुको व्यवस्थापनका लागि एक सय ९९ सदस्यीय कार्यसमितिको आकार बढाएर आगामी महाधिवेशनबाट दुई सय ९९ पु-याउने निर्णय गरेको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए।
आजबाट मनसुन थप सक्रिय हुने
आजबाट मनसुन थप सक्रिय हुने काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । 
Weather Update