एकीकृत समाजवादीले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम
शुक्रबार, चैत १, २०८१
राजावादी गतिविधि बढ्दा रास्वपाको ‘स्ट्याण्ड’ के ? अन्यालमै हुन् रवि ?
शुक्रबार, चैत १, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गणतान्त्रिक व्यवस्थाकै उपजका रुपमा जन्मिएको पार्टी हो । लोकतन्त्रमा राजनीतिक दल खोल्न पाउने अधिकार र निर्वाचन लड्न पाउने अधिकार नागरिकमा हुन्छ । यही आधारलाई नै टेकेर रास्वपा स्थापित भएको दल हो । तर पछिल्लो सयम नेपालमा पनि राजतन्त्रात्मक गतिविधि बढ्दो छ भने गणतन्त्रमाथि आक्रोश तीव्र रुपमै...
होलीको रौनकमा पनि सरकारविरुद्ध आक्रोश
शुक्रबार, चैत १, २०८१
सरकारप्रति असन्तोषको लहर तीव्र बन्दै गएको छ । बेरोजगारी, भ्रष्टाचार, महँगी, सेवा प्रवाहमा कमजोरी जस्ता कारणले जनता निराश बनेका छन् । राजनीतिक दलका नेताहरुको आक्रोश सामाजिक सञ्जालमा मात्र होइन, सडकमा समेत पोखिने गरेका छन् । राजनीतिक विशेष कार्यक्रममा मात्र नभई सांस्कृतिक पर्व विशेष कार्यक्रममा समेत सरकारविरोधी आक्रोश छताछुल्ल हुन थालेका...
प्रचण्डको चेतावनीभित्रको अन्तर्य र यथार्थ !
शुक्रबार, चैत १, २०८१
प्रचण्डले अहिलेको सत्ता गठबन्धनको भ्रष्टाचार र विचौलियाको पक्षपोषणले जनतामा निराशा बढेको र त्यसको फाइदा प्रतिगामी शक्तिले उठाउन खोजेको आरोप लगाइरहेका मात्रै छैनन् संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि आफ्नो पार्टी जस्तोसुकै संघर्ष गर्न तयार रहेको दाबी गर्छन् । प्रतिगामी र प्रतिक्रियावादीविरुद्ध लाखौ जनता सडकमा उतारेर खबरदारी गर्ने घोषणा समेत...
स्ववियु निर्वाचनः सत्तारुढ दलबाटै निर्वाचन कार्यक्रम अवरुद्ध
बिहीबार, फागुन २९, २०८१
देशभर त्रिभुवन विश्वविद्यालयको आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा चैत ५ गते निर्वाचन हुँदैछ । मंगलबार विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् । विहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र चुनाव प्रचारप्रसार पनि गर्न पाउनेछन् । तर देशका विभिन्न क्याम्पसहरुमा विद्यार्थी संगठनहरुबाटै आगजनी र तालाबन्दी गर्दा निर्वाचन कार्यक्रम नै प्रभावित भएका...
प्रधानमन्त्रीदेखि मन्त्रीको सम्पत्ति यसरी गुपचुप ! खोतल्ने कसले ?
बिहीबार, फागुन २९, २०८१
सरकारले मुलुकमा सुशासन कायम गर्नेकुरा लज्जाजनक र हाँस्यास्पद रहेको भन्दै सांसदहरुले संसदमै कटाक्ष गरेका छन् । सरकार गठन भएको सात महिनासम्म पनि सम्पत्ति सार्वजनिक नगरेको सरकारले सुशासनको कुरा गर्नै नसुहाउने टिप्पणी उनीहरुको छ ।
निजीलाई पोस्ने गरी सरकारी शिक्षक सडकमा
बिहीबार, फागुन २९, २०८१
आफ्ना अधिकार सुनिश्चित गर्न, सरकारलाई सम्झाउन, र शिक्षाको भलो गर्न भन्दै शिक्षकहरू पढाई छाडेर फेरि सडकमा आन्दोलनमा उत्रिएका छन् । नेपाल शिक्षक महासंघको अगुवाईमा शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका हुन् ।
गणतन्त्रमाथि खतराको घण्टी किन बज्यो ? राजतन्त्र भर्सेस गणतन्त्रका फेहरिस्त
बिहीबार, फागुन २९, २०८१
नेपालमा हाल संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको अभ्यास छ । तर, अहिले गणतन्त्र राम्रो शासन प्रणालीको आभास गराउने वा अस्थित्व नै संकटमा पार्ने ? यि गम्भीर प्रश्नको सामना गरिरहेको छ । राजतन्त्रको मुद्दा जोडतोडले उठिरहेको बेला के गणतन्त्रको विकल्प खोज्न थालिएको हो त ? यो अर्को अहम प्रश्न हो ।
संसदमै रास्वपा बुरुक्क ! कस्सिए कांग्रेसी !
बिहीबार, फागुन २९, २०८१
कांग्रेस नेताहरुले जग्गा हडपेको भन्ने विषय संसदमा प्रवेश गरेपछि कोलाहाल मच्चिएको छ । कांग्रेस नेता अर्जुननरसिंह केसीको नाम लिएर भएको विरोधमा कांग्रेसले आपत्ति जनाएपछि अहिले रास्वपा भर्सेस कांग्रेसको स्थिति बनेको छ ।
प्रतिपक्षीको घेरामा ओली, गगनले प्रचण्डलाई सोधेः मिल्नुस किन भन्नुभयो ?
बुधबार, फागुन २८, २०८१
सरकार र प्रतिपक्षी दलबीचको राजनीतिक तानातान लम्बेतान बन्न पुगेको छ । प्रतिनिधिसभामा राजावादी शक्ति र समूहको सक्रियताको सवालमा चलेका बहस छलफल सरकार भर्सेस प्रतिपक्षीको स्थितिमा पुगेको छ । यस्तोमा माओवादी केन्द्र र एमालेबीचको घोचपेच तीब्र बनेको छ भने कांग्रेस पनि प्रचण्डमाथि प्रश्न गरिरहेको छ । तर, किन यस्तो स्थिति बन्न...
राजावादीको काउन्टरमा गणतन्त्रवादीको प्रदर्शन
बुधबार, फागुन २८, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ को प्रजातन्त्र दिवसको सन्दर्भ पारेर दिएको राजनीतिक अभिब्यक्तिले राजनीतिक बहस चुलिएको छ । झण्डै एक महिना पोखरा बसेर फागुन २५ मा काठमाडौं फर्किदा शक्ति प्रदर्शनसहितको राजावादीहरुले गरेको स्वागतले गणतन्त्रवादीहरुलाई झस्काइदिएको छ । माओवादी केन्द्रसहित ४ दल सम्मिलित समाजवादी मोर्चा पनि प्रतिरोध संघर्षको तयारीमा जुटेको छ...


