सरकार ढाल्ने कसरतमा प्रचण्ड, माधव र लिङ्देनसँगको भेटको अन्तर्य के ?
आइतबार, पुस २८, २०८१
वर्तमान सत्ता समिकरण आगामी तीन वर्षसम्म नै चल्छ : गगन थापा
शनिबार, पुस २७, २०८१
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समिकरण आगामी तीन वर्षसम्म चल्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधरण सभामा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
आइतवार मात्रै रवि काठमाडौं जिल्ला अदालत जाने
शनिबार, पुस २७, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा ६५ लाख धरौटी बुझाएर रिहा भइसकेका छन् । काठमाडौं जिल्ला अदालतमा आफै हाजिर हुने सर्तमा रिहा भएका रविले शुक्रबारलाई बने गुड फ्राइडेको रुपमा मनाउदै अदालत जाने समय आइतबारलाई धकेलिदिएका छन् ।
ओलीको सत्तामा धावाः प्रचण्डको अनौठो सक्रियता, अरु के गर्दैछन् ?
शनिबार, पुस २७, २०८१
विपक्षी दलका नेताहरुले राजनीतिक सक्रियता बढाउन थालेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सक्रियता बढाउदै लगेका छन भने समाजवादी मोर्चालाई सक्रिय बनाउने बन्दै राजनीतिक दाउपेच पनि शुरु भएको छ ।
राजनीति नयाँ कोर्षमाः ओलीले कांग्रेस चिढ्याउन खोजे वा सत्ता लम्ब्याउन ?
शनिबार, पुस २७, २०८१
७ बुँदे सहमति गर्दै सत्ता सहकार्यमा उत्रिएका कांग्रेस एमालेबीच बिग्रह हुने त होइन भन्ने प्रश्न उठिरहेको छ । संविधान संशोधनबारे प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्तिपछि कांग्रेस नेताहरुले सत्ता गठबन्धनको औचित्यको खोजि हुनुपर्ने भन्न थालेका छन् ।
अध्यादेशमा कुरा नमिल्दा कांग्रेस–एमालेबीच द्वन्द्व !
शुक्रबार, पुस २६, २०८१
प्रतिपक्षी दलहरुले पुस पहिलो हप्तादेखि नै संसदको हिउँदे अधिवेशन माग गर्दै आएका छन् । तर पुस सकिनै लाग्दा पनि सरकारले अधिवेशन बोलाउने सुरसार गरेको छैन ।
रविलाई धरौटीमा रिहा गर्न आदेश, काठमाडौँबाट पक्राउ पर्ने सम्भावना
शुक्रबार, पुस २६, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की अदालतले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
राजकिशोर यादव र प्रेम सुवालको अराजक चर्काचर्की
शुक्रबार, पुस २६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय मुलुकमा अराजकता बढ्दै गएको भन्दै हरेक ठाउँमा चिन्ता ब्यक्त गर्छन् । सामाजिक विद्वेष बढेको प्रधानमन्त्री ओलीले मात्र नभई मुलधारका राजनीतिक दलका नेताहरुले चिन्ता ब्यक्त गर्छन् । तर जनताबाट निर्वाचित भएका सांसदहरु नै अराजक बनेको बेलाबेला देख्न पाइन्छ ।
प्रचण्ड लक्षित ओलीको टिप्पणी- 'झिंगाले सरापेर डिंगा मर्दैन'
बिहीबार, पुस २५, २०८१
बिहीवार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेहरुलाई पन्छाएर एमाले सत्तामा पुगेकाे बताए । पछिल्लाे समय एमाले देशमा जनताले सबैभन्दा धेरै मन पराएको राजनीतिक दल रहेको उनकाे जिकिर छ । आफू एउटा इमान्दारिताका साथ काम गर्ने व्यक्ति...
काँग्रेसले १५औं महाधिवेशन समयमै सम्पन्न गर्न चुक्नु हुँदैन
बिहीबार, पुस २५, २०८१
नेपाली काँग्रेसको आन्तरिक राजनीतिले २०४६ सालदेखि हालसम्म स्थायित्व पाउन नसकेको कुरा सबैलाई थाहा छ। पार्टीको १५औं महाधिवेशन सम्पन्न गराउनुपर्ने समयरेखा आउन धेरै बाँकी छैन। अन्तिम चरणतर्फ अग्रसर हुँदै गर्दा अधिवेशनको समय चौथो वर्षमा सुरु भइसकेको छ। पार्टीको विधानअनुसार देशमा, अर्थात् राजनीतिक पार्टीमा असहज परिस्थिति नआएमा यस वर्ष महाधिवेशन आयोजना हुनैपर्छ।
जता दीपक उतै फण्डा, स्काउटदेखि जगदुल्लासम्म
बिहीबार, पुस २५, २०८१
ऊर्जामन्त्री दीपक खड्का विवादका पर्याय बनिरहेका छन् । स्काउटको जग्गा भाडादेखि विद्युत क्षेत्रमा समेत उनले अनेक विवाद सिर्जना गरिरहेका छन् । मन्त्रीको कुर्सीमा बसेर वितण्डा मच्चाईरहेका उनले फेरि जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा लेनदेनको आरोपपछि संलग्नता पुष्टी गर्न चुनौति दिदै चोख्खिने प्रयास गरेका छन् ।
प्रचण्डको आरोपः माओवादीमाथि प्रहार गर्ने अन्तिम हतियार टीआरसी ?
बिहीबार, पुस २५, २०८१
संक्रमणकालीन न्याय प्रणाली राजनीतिको शिकार केन्द्र बन्दा पीडितले न्याय पाउने विषय टाढिने त होइन भन्ने चिन्ता बढ्न थालेको छ । संक्रमणकालीन न्याय प्रणालीलाई टुंगो लगाउन कानून बनेपनि पदाधिकारी सिफारिसमा देखिएको अन्योलताले अब पीडितले कहिले न्याय पाउलान भन्ने चासो थप पेचिलो बनेको छ ।
