News 24 Television
पुरातात्विक कलाकृति र सीप लोप हुने खतरा, पूननिर्माणमा कसरी हुँदैछ ? 

काठमाडौं । नेपालमा शताब्दीऔं पुराना सांस्कृतिक सम्पदाहरु जिवित छन् । इतिहास बोकेका यी सम्पदाहरुको संरक्षण पछिल्लो समय चुनौतिको बिषय बन्दै गएको छ ।

भुकम्पसहित वेलावेला आउने प्राकृतिक प्रकोप र मनविय अतिक्रमणको सिकार बन्दै गएका सांकृतिक सम्पदाको मर्मत, संहार र त्यसको निर्माण अहिले चुनौतिको बिषय बन्दै जान थालेको छ । 

नेपाल बहुभाषिक बहुधार्मीक र बहुसांस्कृतिक महत्व बोकेको मुलुक हो । नेपालको सांस्कृतिक सम्पदाहरुको चर्चा विश्व भर हुने गर्छ । 

भृकुटीले नेपालबाट तिब्बतमा दाईजोको रुपमा लगेका कालिगढहरुले बनाएको ल्हासको रातो महल अर्थात् पोताला दरबार अहिले पनि विश्व प्रसिद्ध छ । 

नेपाली मठमन्दिरका मुर्ति र मन्दिर बाहिर काठ र ढुङ्गामाथि बनेका अकौं आकृतिहरु हेर्दा अहिले पनि धेरैलाई अचम्मित पार्छ । 

मन्दिरमा कुदेका हुन् वा पाटी पौवामा निर्माण भएका आकृति हुन् यीनको सुन्दरताको बयान गरेरै सकिदैन । तर, दुःखको कुरा भन्नु पर्छ देशमा पछिल्लो समय यस्ता महत्व बोकेका कला कृति र सम्पदा निर्माण गर्ने सीप भएका दक्ष जनशक्ति कम मात्रामा छन् । 

राज्यले पनि यस्ता कुराहरुको संरक्षणमा चासो देखाउन नसक्दा यी सीपहरु लोप हुने खतरा बढेको छ । नेपाली कला कृतिको संरक्षणमा जोड दिई सीपयुक्त दक्ष जनशक्तिलाई उत्पादन गर्न नसक्दा नेपालको निर्माण क्षेत्र समेत प्रभावित बन्ने गरेको छ । 

पुरातात्विक हिसाबले समेत महत्व बोकेका सांस्कृतिक सम्पदा निर्माण गर्ने निर्माण व्यवसायी नेपालमा कमै मात्रामा भेटिन्छन् । 

कारण सीपयुक्त कालिगढको कमी हुनु नै हो । त्यसैले सम्भावना बोकेको र नेपालीको पहिचानको रुपमा समेत रहेको यस्ता सीपहरुको संरक्षणमा जुट्न सरकारको समेत चासो हुनु पर्ने विज्ञहरुको बुझाई छ । 

नेपाली संम्पदा संरक्षण र त्यसको पुन निर्माणको लागि आवश्यक मानविय सीपको संरक्षण गर्न सके नेपाली जनशक्ति र निर्माण व्यवसायीहरुले विश्वबजारमा पुगेर सांस्कृतिक महत्व बोकेका सम्पदाहरु निर्माण गर्न सक्छन् । 

यदि त्यसको संरक्षणमा सरकार र सम्बन्धित निकायले चासो नदेखाउने हो भने भविष्यमा देशभित्रै बाट समेत अति नै महत्व बोकेका यस्ता सीपहरु लोप नहोलान् भन्न सकिदैन ।

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update