News 24 Television
बर्सेनी १ लाख विद्यार्थीले देश छोड्दै, अर्थतन्त्रमै धक्का 
बर्सेनी १ लाख विद्यार्थीले देश छोड्दै, अर्थतन्त्रमै धक्का  पछिल्लो ३ बर्ष यताको तथ्यांक हेर्दा प्रत्येक वर्ष १ लाखको संख्यामा विद्यार्थी वैदेशिक अध्ययनमा जाने गरेको पाईएको छ । कोरोना संक्रमणपछि विदेशमा अध्ययनका लागि नेपालबाट जाने विद्यार्थीको संख्या बढ्दा सोही अनुरुप रकम पनि बाहिरिने गरको सरकारी तथ्यांकले देखाएको छ । 
ट्यांकर चालकसँग कायल आयल निगम, हतारहतार वार्ता
ट्यांकर चालकसँग कायल आयल निगम, हतारहतार वार्ता पेट्रोलियम ट्याङ्कर ढुवानी चालकहरुले गरेको आन्दोलनले एकै दिनमा पेट्रोलियम बिक्री वितरण प्रभावित बन्यो । एकै दिनको आन्दोलनले अन्य सवारीहरु प्रभावित भए । चालकहरुको आन्दोलनले पेट्रोलियम पदार्थको हाहाकार हुने देखिएपछि नेपाल आयल निगमले सोमवार नै वार्ता गरी सहमति जनायो ।
श्रीकेशको ठगीलाई बालेनको घोक्रेठ्याक, होला त कारबाही ?
श्रीकेशको ठगीलाई बालेनको घोक्रेठ्याक, होला त कारबाही ? सप्तऋषि ओयल एन्ड कस्मेटिक्स इन्डष्ट्रीले उत्पादन गरेकोे श्रीकेश तेलले कपाल झर्न रोक्ने तथा नयाँ कपाल उमार्ने दाबीसहित बिक्री वितरण हँुदै आएको थियो । तर, आयुर्वेदिक औषधी तेलका रुपमा प्रचारप्रसार गरिएको श्रीकेश तेल अवैध रुपमा बिक्री वितरण हुँदैं आएको तथ्य बाहिरिएको छ । कलाकार, नेता र प्रधानमन्त्रीको हातमा समेत परेको श्रीकेश...
टी-२० विश्वकपमा नेपाल कहाँ चुक्यो ?  
टी-२० विश्वकपमा नेपाल कहाँ चुक्यो ?   नेपालको आईसीसी टी-२० विश्वकप क्रिकेट यात्रा जितविहिन हुँदै टुंगिएको छ । नेदरल्याण्डसँगको पहिलो खेल पराजयपछि अन्य खेलमा सफलता ल्याउने विश्वासका साथ मैदान उत्रिएको नेपाली टोली सबै खेलमा जितविहिन हुँदै विश्वकप यात्रा टुंग्याएको हो । कस्तो रह्यो त विश्वकप यात्रा ? 
राष्ट्रपति पौडेलले गरे बर्लिनको पर्खाल अवलोकन
राष्ट्रपति पौडेलले गरे बर्लिनको पर्खाल अवलोकन मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको  पर्खाललगायत एतिहासिक स्थलको अवलोकन गरेका छन् । सो अवसरमा प्रथम महिला सविता पौडेलसहित भ्रमण दलका अन्य सदस्यहरु पनि सहभागी थिए ।
विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन अध्यक्ष ढकालको आग्रह
विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन अध्यक्ष ढकालको आग्रह नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेको बताउँदै नेपालमा लगानी गर्न अष्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन्। 
Weather Update