
काठमाडौँ । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले विकास निर्माणको कामहरु उपभोक्ता समितिमार्फत गराउन नहुने धारणा राखेका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले उपभोक्ता समितिहरू अहिले राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बन्न पुगेको टिप्पणी गरे ।
विगतमा उपभोक्ता समितिमार्फत काम हुँदा ठेकेदारभन्दा प्रभावकारी हुने भए पनि पछिल्लो समय उपभोक्ता समितिहरुमा बेथितिका चाङ रहेको उनकाे टिप्पणी छ । उनले उपभोक्ता समितिमार्फत विकास निर्माणका काम गर्दा दलगत गुटबन्दी र राजनीतिक विकृति फैलिएको बताए ।
भट्टराईले भने, ‘विगतमा उपभोक्ता समितिबाट काम हुँदा ठेकेदारभन्दा राम्रो हुन्थ्यो । तर अहिले उपभोक्ता समितिमा बेथितिका चाङ छन् । उपभोक्ता समितिले राजनीतिक दलका कार्यकर्ता भर्तीकेन्द्र भन् । यसले राजनीतिक दलहरुलाई समेत विभाजन हनुेगरी गुटबन्धी भइरहेको छ । अहिले उपभोक्ता समितिहरु राजनीतिक कार्यकर्ताहरुलाई बिगार्ने काम भएको छ । अब उपभोक्ता समितिबाट काम गर्न दिनु हुदैन । उपभोक्ता समितिमार्फत काम गर्न नदिनको लागि आवश्यक ऐन बनाउनुपर्छ ।’
उनले खानेपानी, सिंचाई तथा मलको उपलब्धताका सम्बन्धमा सरकारलाई निर्देशन गर्न समेत माग गरे ।