News 24 Television
वामदेवको इन्ट्रीपछि माधवको यस्तो रणनीति ! झाँक्री–झलनाथ अब के ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भ्रष्टाचार मुद्दापछि राजनीतिक रुपमा रक्षात्मक बनेका छन् । नेपालमाथिको आरोपमा नेताहरुले टिप्पणी गर्नेदेखि सार्वजनिक रुपमा समेत प्रश्न उठाउने गरिएको छ । 

यस्तो स्थितिमा माधवले वामदेव गौतमलाई भित्र्याउने निर्णय गरेका छन्, भने पार्टीबाट विदा हुन निर्देशन आए बाहिरिने समेत भनिरहेका छन् । माधवको यो रणनीतिक चालको राजनीतिक चाल संकेत के हो त ? 

पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा खेपिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पछिल्ला दिनहरुमा आक्रामक तर रक्षात्मक भावमा देखिन्छन् ।

उनका दिनहँका भाषणमा हुंकार त सुनिन्छ  तर उनले आफुलाई जोगाउने शैली नै अपनाएको प्रष्ट झल्किन्छ । नेपालले भ्रष्टाचार मुद्दा खेपेपनि उनलाई पार्टीले अध्यक्षमा निरन्तरता दिनुपर्ने निष्कर्ष निकाल्दै राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाइरहेको छ । त्यसैले पनि, माधवले भनिरहेका छन, भ्रष्टाचारमा कतै संलग्न छैन् । प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु । 

माधवको नेतृत्व स्वीकार गर्ने समय नभएको भन्दै आरोप लागेकाहरुले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेपछि नेतृ रामकुमारी झाँक्री विवादमा फसेकी छन् । उनलाई कारबाही गर्ने विषयमा समेत नेकपा एसले स्पष्टीकरणको पत्र थमाएको छ । 

मिति थप्दै उनलाई आत्मालोचनाका लागि भनेको छ । तर, झाँक्रीले सार्वजनिक रुपमा माफी वा आत्मालोचना नगर्ने भनिरहेकी छन भने नेकपा एस निकट विद्यार्थीको बैठकमा सहभागी भएर उनले नेताहरुलाई दबाब सिर्जना गर्न खोजेको देखिन्छ । 

यस्तो स्थितिमा रामकुमारीलाई लक्षित गर्दै माधव नेपालले विद्यार्थी नेताहरुसामू भनेका छन, भ्रष्टाचार आरोपमा पार्टीले नेतृत्वबाट बाहिर निस्किन भन्छ भने म बाहिरिन तयार छु । यो राजनीतिक प्रतिशोध हो । 

नेकपा एसभित्रको विवाद चर्किदै गएको छ भने सम्मानित नेता झलनाथ खनालले समेत चीन जानुअघि उनले अध्यक्ष पदबाट बाहिरिनुपर्ने लिखित पत्र बुझाएको भनिएको छ । यसले पनि रामकुमारी झाँक्रीको मनोबल उच्च बनेको कतिपयको धारणा छ । विद्यार्थीको कार्यक्रममा पनि निम्तो बिना उनी पुगेको बताइन्छ । उसोतः झाँक्री विद्यार्थीको इन्चार्ज   हुन् । 

वामदेवलाई रेड कार्पेट

माधव नेपालले आफूमाथि लागिरहेको आरोपका बाबजुत पनि वामदेव गौतमसंग पार्टी एकताको निर्णय गराएका छन् । साउन २ गते पार्टी एकता घोषणा कार्यक्रम नै तय गरिएको छ । तर, वामदेवले यसअघि पनि एकताको अन्तिम समयमा आएर धोका दिदै एमालेसंग एकता गर्ने भनेका थिए । तर, एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले उनबलाई वास्ता नगरेपछि चिढिएका वामदेव अन्ततः नेकपा एसमा आउने भनेका छन् । तर, पार्टी एकता घोषणा नहुन्जेलसम्म उनको विश्वास गर्न सकिएला ? धेरैले शंका भने गरिरहेका छन् । 

आफुलाई हराउनेलाई स्वागतमा माधव

माधव नेपाललाई अध्यक्षमा हराउन वामदेवले ठूलो भूमिका निर्वाह गरेका थिए । दशौं महाधिवेशनमा वामदेवले एमाले अध्यक्षमा केपी ओलीलाई अध्यक्षमा निर्वाचित गराउनका लागि माधवको विपक्षमा खडा भएका थिए । 

माधवले झिनो मतान्तरले ओलीसंग अध्यक्षमा हारेका थिए । त्यसपछि सत्तामा आएका ओलीले फर्केर हेर्ने स्थिति नै बनेन् । अहिले माधव एमालेबाट अलग्गिएर आफ्नै पार्टी चलाइरहेका छन भने ओली एमालेको नेतृत्वमै छन् । तर, वामदेव भने यताउता गर्दा गर्दै झण्डै एक्लिएपछि उनी फेरि माधवसंगै एकतामा आउने भएका हुन् । 

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update