News 24 Television
सांसदहरुले खेदेपछि ओली क्रोधित ! झापाबाटै सीधा प्रहार !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्पेन भ्रमण, सरकारको कामकारबाही र संसदीय मान्यतामाथिका प्रश्नहरु पेचिला बनिरहेका छन् । 

प्रतिपक्षी दलहरुले स्पेन भ्रमणमा गएकाहरु नफर्किएको भन्ने विषयमा जवाफ माग गरेका छन्, भने सुशासनको सवालमा समेत प्रश्न गरेका छन् । तर, प्रधानमन्त्री केपी ओलीले भने यसको प्रतिवाद गर्दै भ्रमणविरुद्ध नियोजित प्रचार गर्न  थालिएको दाबी गरेका छन् । 

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी ओलीको स्पेन भ्रमणबारेको विवादमा प्रश्न उठाएपछि ओली रिसले चुरचुर मुद्रामा देखिएका छन् । तरपनि, ओलीको भ्रमणको बेला भिजिट भिसाको दुरुपयोग भएको भन्दै स्पेन पुगेका व्यक्तिहरुको राहदानीसहितको विवरण नै सार्वजनिक भएपछि संसदमा यो विषयमा प्रश्न उठ्न छोडेको छैन । 

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यो विषयमा जवाफदेहीता खोजेका छन् । सुशासनको हाँक दिनेले के हेरको भन्दै प्रधानमन्त्री ओलीलाई दुई पा्र्टीका सांसदहरुले प्रश्न गरेका हुन् । 

संसदमा यसरी प्रश्न उठ्दै गर्दा प्रधानमन्त्री केपी ओली भने गृहजिल्ला झापाका विभिन्न उद्घाटन कार्यक्रममा व्यस्त देखिएका छन् । ओलीले झापामा उद्घाटन कार्यक्रमसंगै स्पेन भ्रमणबारे समेत बोलेका छन् । काम नपाएकाहरुले भ्रामक सूचना फैलाउन खोजेको आरोप लगाउदै ओलीले सफल भ्रमणलाई गिजोल्न खोजेको आरोप लगाए ।

प्रधानमन्त्री अहिले भिजिट भिसाको ट्रयापमा मात्रै छैनन्, उनी मन्त्रीको घुस डिलले पनि समस्यामा छन् । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले ओली क्याविनेटका मन्त्रीले घुस डिल गरेको आरोपबारे प्रधानमन्त्रीको जवाफ माग गरेको छ। 

माओवादीले स्पेन भ्रमणमा गएकाहरु किन फर्किएनन भन्दै ओलीसंग जवाफ माग संसदमा पहिलो पटक गरेको हो । तर, सुशासनको धाक दिएर नथाक्ने प्रधानमन्त्री ओलीको नियतमाथि प्रश्न उठाउदै सांसदहरुले यो सरकारबाट सुशासनको अपेक्षा गर्न नसकिने भन्न थालेका छन् ।

सरकारको कार्यशैलीदेखि अनियमितताका प्रश्नमा समेत सरकार एकखाले घेराबन्दीमा परिरहेको छ । भ्रष्टाचारको संरक्षण गरेको जस्तो देखिने गरि विभागिय मन्त्रीहरु नै घुस डिलमा सहभागी भएको विषयले पनि प्रश्न र शंका उब्जाएको छ ।

जसकारण स्पेन भ्रमणदेखि भिजिट भिसा प्रकरणले सरकार र प्रधानमन्त्री ओलीलाई तनाव दिने प्रष्ट संकेत दिन थालेको छ । 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update