News 24 Television
जनताको काम गर्न आएका हुँ, कुनै गल्ती गरेको छैन : मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराध अधिकारीले आफूले कुनै गल्ती नगरेको बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू जनताको काम गर्न गएकाले कुनै पनि गलत काम नगर्ने स्पष्ट पारे । सञ्चारमाध्यमले जनतालाई सुसूचित गर्न तथ्य र सही कुरा दिएर सहयोग गर्नुपर्ने पनि उनले बताए ।

सरकारले अघि सारेका कुरामा गल्ती औंल्याइदिए सरकार सच्याएर अघि बढ्न तयार रहेको बताउँदै मन्त्री अधिकारीले भने, ‘मैले गल्ती गर्दिन, म जनताको काम गर्न गएको हो । जनताको काम गर्छु, तपाईंहरु ढुक्क हुनुस् । तपाईं हामीले पहिला आफूलाई हेरौँ अनि बल्ल अरुलाई प्रश्न गरौँ । सञ्चारमाध्यमले जनतालाई सुसूचित गर्न तथ्य र सही कुरा दिएर सहयोग गर्नुस् । सरकारले अघि सारेका कुरामा गलत भयो भनेर औंल्याइदिनुस्, हामी सुधार गर्छौं ।’

उनले गलत गर्नेलाई कारबाही हुनुपर्ने समेत बताए । 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update