
काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा दुई पार्टी बीच एकता भएको हो । एकता समारोहमा माधव नेपाल र वामदेव गौतमको अंकमालले माहोल सौहार्द देखिन्थ्यो । तर, के यो सम्बन्ध लामो समय चल्ला ? माधवको पार्टीमा वामदेवको हैसित के कस्तो रहनेछ त ?
काठमाडौंको प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभागृहमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका नेतृत्वकर्ता बामदेव गौतमले एकताको अंकमाल गरे ।
तत्कालीन नेकपा एमालेबाट छुट्टिएका यि दुई पात्रले यो बीचमा राजनीतिक यात्रालाई फरक फरक बाटोमा तय गरे । अन्नत, अहिले अब सँगै हिडौं भन्ने निर्णय गरे । बामदेव गौतमको अनुहारको खुसिको सीमा थिएन्, यता, नेकपा एसका अध्यक्ष नेपाल र सम्मानीत नेता झलनाथ खनाल समेत मन्त्र मुग्द थिए । पार्टी एकताको घोषणा संगै नेकपा एसमा समाहित भएका बामदेवले नेपाल, खनाल सहितका नेतालाई अंकमाल गरेपछि त हलमा माहोल बनेको थियो ।
राष्ट्रिय राजनीतिमा अस्तित्व रक्षाको अवस्थामा पुगेका दुबै दल एकताको सुत्रमा बाँधिएपछि बलियो शक्ति बन्ने अपेक्षा गरेका छन् । एकता अभियानलाई सम्बोधन गर्दा ७७ बर्षीय बामदेवले पुराना याद सम्झिदै खुसी साटे । माधव र झलनाथ संगको हितेसी सम्बन्ध रहेको स्वीकार गर्दै बामदेबले नेपाली माटो सुहाँउदो समाजवाद स्थापना गरेरै छाड्ने दाबी गरे । चार बर्षको निरन्तरको प्रयासपछि नेकपा एस संग पार्टी एकता सम्भव भएको उनको स्वीकारोक्ती थियो ।
एकता अभियानमा सम्बोधन गर्दै बामदेवले ७५ सदस्यीय केन्द्रीय सदस्य, एक प्रदेशको समित, ९ जिल्ला सहित काठमाडौँ उपत्यकाका संगठन नेकपा एसमा समाहित भएको घोषणा गरेका थिए । बामदेवको पछि सम्बोधन सम्बोधन गर्न पुगेका नेकपा एसका सम्मानीत नेता झलनाथ खनालले एकता नेपाली कम्युनिष्ट आन्दोलनको नयाँ घटना भएको विश्लेषण गरे । नेता खनालले बामदेव सहितका नेतालाई स्वागत समेत गरेका थिए ।
बामदेव र झलनाथको सम्बोधन सुनेर एकता अभियानलाई बारे धारण रान्न पुगेका नेकपा एस अध्यक्ष माधव कुमार नेपालले वामदेवलाई स्वाग गर्दै नेपालमा कम्युनिष्ट एकताको अध्याय सुरु भएको दाबी गरे । बामदेवको प्रशंशा गरेर नथाकेका अध्यक्ष नेपालले नेकपा एमालेप्रति व्यङ्त्यात्मक टिप्पणी गरेका थिए । एकताले थप उर्जा थपीएको अध्यक्ष नेपालको ठम्याँई थियो ।
दुई पार्टी विच एकता भसंगै पार्टी बैठकबाट भुमिका दिइने भएको छ । नेकपा एसका नेताहरुले बामदेवलाई पार्टीको तेस्रो वरियताको नेता स्वीकार गर्ने सहमति भएको बताएका छन् । पहिलो वरियतामा अध्यक्ष नेपाल, दोस्रो वरियतामा सम्मानीत नेता खनाल र तेस्रो वरियतामा खनाल हुनेछन् ।
दुई पार्टीको रोचक पृष्ठभूमि
एकताको सुत्रमा बाँधिएका यी दुई पार्टीको पृष्ठभुमि निकै रोचक छ । तत्कालिन नेकपा फटुले एमालेबाट विद्रोह गर्दै माधव नेपालले नेकपा एस पार्टी खोलेका थिए । बामदेवले समेत तत्कालिन समयमा विद्रोह गर्दै एमाले छाडेका थिए । एमालेबाट टुई भाइको मिलन संगै बलिया शक्ति निर्माण हुने अपक्षा गरिएको छ ।