काठमाडौं । नेपाली कांग्र्रेसले यो साता पार्टीको नीति विपरितका गतिविधि र कृयाकलापमा संलग्न भएको आरोपमा विभिन्न जिल्लाका प्रभावशाली नेता तथा पदाधिकारी माथि गरेको कारबाहीले आन्तरिक गुटगत राजनीतिको बहस उत्कर्षमा देखिएको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिले कांग्रेस नेताहरुले गरेको कसुरको आधारमा १ पटकलाई सचेत गराउने देखि १ वर्षसम्मका लािग पार्टीबाटै निस्कासित गर्ने निर्णय नमान्ने चेतावनी जिल्ला–जिल्लाका नेता कार्यकर्ताले दिएका छन् ।
गत ७९ का निर्वाचनताका नवलपरासी क्षेत्र नं १बाट उम्मेदवार वनेका डलर अर्वपति विनोद चौधरीलाई हराउने अभियानमा सक्रिय भएको र केन्द्रीय नेताहरुका विरुद्ध अभद्र टिप्पणी गरेको प्रदेश महामन्त्री विक्रम खनालको अडियो रेकर्ड वहिरीएको थियो । त्यसैको आधारमा केही दिनअघि मात्रै उनी कारबाहीमा परेका छन् । तर खनालले भने आफूलाई प्रतिशोधपूर्ण कारबाही गरिएको भन्दै कारबाही नमान्ने चुनौति दिएका छन् ।
चुनावको २ वर्ष पछिमात्र पूर्णता पाएको आनन्दप्रसाद ढुगाना संयोजकत्वको कांग्रेस केन्द्रिय अनुशासन समितिमा देशभरबाट कारवाहीका लागि परेका २१ सयवढी उजुरीको छानविन र प्रमाण वुझेपछि खनालसहित दर्जनौ प्रभावशाली नेता कार्यकर्तामाथि कारवाहीको डण्डा चलाइएको हो । आर्थिक प्रभावमा आफूलाई कारबाहीको डण्डा चलाइएको आरोप लगाउँदै प्रतिकार गर्ने चुनौति खनालको छ ।
नवलपरासीपूर्व प्रतिनिधिसभा क्षेत्र नम्बर १ डा. सशांक कोइरालाको कारण टिकट नपाएपछि चौधरीले पश्चिम नवलपरासीबाट टिकट फुत्काएका थिए । पार्टीलाई आर्थिक प्रभावमा पारेर टिकट हात पारेको आरोप लगाउँदै खनालपक्षका नेता कार्यकर्ताहरु चौधरीलाई हराउन खुला रुपमा नै लागेका थिए । चौधरीले नवलपरासीबाट जितेमा अर्थमन्त्री सम्म हुने र आफु अनुकुल निति वनाई देश धरासायी वनाउने आरोप खनालको त्यतिबेलाको अडियोमा भनिएको थियो ।
निर्वाचनमा आफूविरुद्ध लागेका विक्रम खनालसहितका नेता कार्यकर्तालाई कारबाही गर्न भन्दै निर्वाचित भए लगत्तै केन्द्रमा उजुरी गर्दै आएका थिए । तर लामो समयसम्म कारबाही भएको थिएन । खनालले ६४ सालको संविधानसभा निर्वाचनमा पनि देवेन्द्रराज कण्डेलका विरुद्ध लगेको प्रमाणहरु बाहिरिएपछि आलोचित बनेका थिए । खनालसहित डेढ दर्जन बढी नेता कार्यकर्तामाथिको पछिल्लो कारबाही विरुद्ध शेखर कोइराला पक्ष नै लागिरहेको छ । संस्थापन र इतर समूहको राजनीतिक दाउपेचसँगै कारवाहीको विवाद किनारा लगाउने काम थप पेचिलो वन्दै गएको छ ।
