
काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई छिमेकी मुलुक भारतमा भ्रमण गर्ने अवसर जुराउने लगातार एक वर्षसम्म पापड बेल्नु प¥यो ।
ओलीलाई भारतको भ्रमण निम्तो ल्याउनकै लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पहुँचमा भएका सबै अस्त्र प्रयोग गर्नु परेको थियो । ओली नेतृत्वको सरकार बनेको एक वर्षसम्म भारत भ्रमणका लागि कहिले कस्ता–कस्ता प्रयास गरियो त ?
केपी ओली, नेपालका प्रधानमन्त्री ।
ओलीले सम्हालेको प्रधानमन्त्री पदको दरिलो रक्षामा रहेका छन्, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।
देउवाको साथले एक वर्ष नाघ्यो ओली नेतृत्वको सरकारको आयु ।
यो बीचमा ओलीले केही काममा चर्को निरन्तरता दिएका छन् भने, त्यो हो छिमेकी मुलुक भारतको भ्रमणका लागि प्रयास ।
कतिसम्म भने परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाको मुख्य उद्देश्यका रुपमा सेट गराइयो ओलीलाई भारत भ्रमणको अवसर जुराउने प्रयास ।
अनि एक वर्षको निरन्तरको प्रयास पछि सफल भइन् परराष्ट्रमन्त्री डा. राणा ।
अब प्रधानमन्त्रीको भारत भ्रमण जु¥यो भन्दा हामीले त्यसलाई सफलताको मानक मान्नु परेको छ । कूटनीतिक सफलता भन्नु परिरहेको छ । मानौं, नेपाल सरकारको वैधता प्राप्ति भारत भ्रमण गरेपछि मात्रै हुन्छ ।
खैर, हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता छदैछौँ ।
अब लागौं, प्रधानमन्त्री ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट हरियो संकेत दिलाउन परराष्ट्रमन्त्री डा. राणाले विगतमा गरेका मेहेनततर्फ ।
प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको वातावरण बनाउन कहिले के–के गरिए त ?
- प्रधानमन्त्री ओलीलाई भारत भ्रमण गराउन कांग्रेस–एमाले सत्ता गठबन्धन बनेदेखि नै
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले निकै पहल गरिन् ।
- कतिसम्म भने परराष्ट्रमन्त्रीका लागि यो विषय प्रतिष्ठाको विषय नै बनेको थियोे ।
- ओलीको भारत भ्रमण मिलाउनकै लागि डा. राणाले भारतको पटक–पटक भ्रमण पनि गरिन् ।
- भ्रमणकै वातावरण बनाउन परराष्ट्रमन्त्री राणाले मोदी र ओलीबीच अमेरिका र थाइल्याण्डमा गरि दुई पटक भेटवार्ताको मौका जुराइन् ।
ड्ड परराष्ट्रमन्त्री राणा मात्र होइन, एमाले नेताहरू दिल्ली नै पुगेर भ्रमणको वातावरण बनाउन जोडतोडले लागे
- यत्ति गर्दापनि मोदीले ओलीलाई स्वीकार गरेनन् ।
- नेपालका प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीले यसरी अप्रत्यक्षरुपमा अस्वीकार गर्ने विषय मोदीको नेपालमाथि मेरो दबदबा छ है भन्ने सन्देश विश्वलाई दिनु हो भनि जनस्तरबाट आलोचना चर्किएका थिए ।
- अर्कातिर, नेपालका प्रधानमन्त्रीले भारत भ्रमण कै लागि मरिहत्ते किन गर्ने भन्ने आवाज पनि चर्का थिए ।
- यद्दपि, यि आम बुझाई भएपनि दुईदेश बीचको सम्बन्ध कूटनीतिक धरातलका आधारमा सोच्नु पर्ने हुन्छ नै । त्यसैले पनि यि प्रयास भएका हुन् भन्ने विश्लेषण राजनीतिक वृत्तमा हुँदै आएको छ ।
परराष्ट्रमन्त्री डा. राणाले प्रधानमन्त्री ओलीलाई भारत भ्रमण जुराउनका लागि गरेका भ्रमण तथ्यमा हेर्दा,
- २०८१ साल भदौ २ गते पहिलो विदेश भ्रमणका क्रममा भारतका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्न भारत प्रस्थान ।
- यसै भ्रमणका क्रममा भदौ ३ गते परराष्ट्रमन्त्री राणा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता
- न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका क्रममा मोदी र ओलीबीच साइडलाइन वार्ताको वातावरण
- २०८१ को माघको अन्त्यमा दुई साताका लागि परराष्ट्रमन्त्री राणाले युरोपका केही देश र भारतको भ्रमण गरिन् ।
- युरोपबाटै सोझै भारत भ्रमण गरेकी राणाले प्रधानमन्त्री ओलीको भारत भ्रमण जुराउन धेरै प्रयास गरिन् । तर, पहिलो भ्रमणमा राजकीय सम्मान सरह सम्मान पाएकी राणाले यस समय सत्तापक्षीय नेताहरुलाई भेट्न समेत सकस भयो ।
- डा. राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशमन्त्री डा. एस जयशंकर, गृहमन्त्री अमित साह, रक्षामन्त्री राजनाथ सिंह, विदेश मन्त्रालयका सचिव विक्रम मिश्री, भारतीय गुप्तचर संस्था रअका प्रमुख र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेसँग भेट्न खोजेकी थिइन् ।
- तर, त्यस समय भारतको सत्ता पक्षले ओली नेतृत्वप्रति असन्तुष्टिको प्रष्ट संकेत दियो ।
- त्यसपछि केही समय पहिले थाइल्याण्डमा विमस्टेक कार्यक्रमका क्रममा पनि भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्रीसँग भेट गर्ने सकारात्मक संकेत देखाएका थिएनन् ।
- तर, एक दिन अघिमात्रै बल्लबल्ल ठिकै छ भेटिदिउन त भने जसरी सकारात्मक संकेत गरे र थाइल्याण्डमा ओली र मोदीबीच करिब आधा घण्टा भेटघाट भयो ।
त्यस यता पनि थुप्रै प्रयास निरन्तर जारी थिए । बल्ल अहिले आएर नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय गर्न सफल भएकी छन् परराष्ट्रमन्त्री डा. आरजु देउवा राणा । भारत भ्रमण मिलाउने जिम्मा नै प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई तोकेका भएर पनि यसलाई आरजुको एक सफलताका रुपमा विश्लेषण शुरु भएका छन् ।