News 24 Television
विद्यामाथि वज्रपात, पूनरागमनमा निषेधका लागि विधानमै चाबी !  

काठमाडौं । एमालेले राष्ट्रपति तथा उपराष्ट्रपतिमा गएको व्यक्तिलाई राजनीतिक पुनरागमनमा रोक लगाउने गरि विधान प्रस्ताव अघि बढाउने भएको छ । सचिवाय र पोलिटब्यूरोमा हुँदा नउठेको विषय केन्द्रीय समितिले यस्तो सुझावमा केन्द्रित ध्यान दिएपछि अब पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी के गर्लिन् ?

विधान महाधिवेशन अघि मौनता साँधेपनि उनले नयाँ दलको तयारी सम्म गर्नु पर्ने स्थिति सिर्जना हुँदै गएको छ । विद्यादेवी भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने र अध्यक्ष बनेर नेतृत्व दिने भनेपछि तातिएको एमालेले अन्ततः पूर्णतः बन्देज लगाउने गरि विधानमै व्यवस्था गर्ने अन्तिम तयारीमा जुटेको छ । राष्ट्रपति, उपराष्ट्रपति सम्मानित पद भएको, सेनाको परमाधिपति नै भएको जस्ता तमाम विषय देखाउदै एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निषेध गर्ने स्थिति बनेको छ ।

केन्द्रीय समिति बैठकमै यस्तो प्रस्तावको पक्षमा केहि बाहेकले समर्थन गर्ने स्थिति बनेपछि अब भदौमा हुने विधान महाधिवेशनले यसलाई पूर्णता दिनेछ । जुन कुरा एमालेको मुख्य विधान बन्नेछ । एमाले नेताहरु, जो अध्यक्ष केपी ओलीको पक्षमा छन, उनीहरुले भनिरहेका छन, राष्ट्रपति बनिसकेो व्यक्ति सम्मानित भएरै बस्नुपर्छ । सक्रिय राजनीतिमा आउन हुन्न ।

एमाले नेताहरुको यस्तो अभिव्यक्तिले नै प्रष्ट संकेत गरिरहेको छ, विद्यादेवी भण्डारीलाई एमालेमा स्थान छैन । उसोतः भण्डारीले पनि सार्वजनिक रुपमै यसको प्रष्ट संकेत गरिसकेकी छिन् । आफूलाई रोक्ने प्रयास हुनेबारे पहिले नै थाहा भएको उनको दाबी छ । एमाले केन्द्रीय समितिले लिने निर्णय अहिले नै परिपक्व भने हुनेछैन । 

यो प्रस्ताव विधान महाधिवेनमा पेश हुनेछ । विधान महाधिवेशनले अन्तिम रुप दिएपछि एमालेले लिने सांगठनिकदेखि अन्य निर्णय लिनेछ । उसो तः विधान महाधिवेशनको प्रतिनिधि छनोटमै एमालेले लिएको नीतिले केन्द्रीय समितिले लिएको निर्णय फेरबदलको सम्भावना भने अत्यन्तै न्यून देखिन्छ ।

के गर्लिन् विद्या ?

एमालेले पार्टीमा ढोका बन्द गरिदिएमा विद्याले चाहेर पनि सक्रिय राजनीति वा सदस्यता नविकरणको विषय गौण बन्नेछ । यस्तो स्थितिमा विद्याले कि नयाँ पार्टी गठन वा अन्य पार्टीमा गएर जिम्मेवारी लिनुपर्ने स्थिति सिर्जना हुनेछ । 

सक्रिय राजनीतिको अडानबाट अघि बढेकी विद्यालाई एमालेले विधानमै व्यवस्था गरिदिएमा पर्ने संकट मोचनको साधन माधव नेपालको नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादी वा नयाँ दल नै बन्नेछ । तर, त्यो सुखद् र फलदायी होला ? मदन भण्डारीको लिगेसीमाथि यसले न्याय गर्ला ? तमाम प्रश्नका साथ विद्यामाथि ठूलो प्रश्न, प्रतिक्षा र संसदको सवाल आइपरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update