News 24 Television
माओवादी केन्द्रले चन्द नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने भएको छ ।

सोमवार बसेको स्थायी कमिटी बैठकले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेकपासँग एकताका लागि मिति बनाएर वार्ता गर्ने निर्णय भएको बताए । बैठकमा आन्तरिक पार्टी संगठनात्मक विषयहरुमा पनि स्तरीय छलफल भएको उनकाे भनाइ छ ।

सापकाेटाले भने, ‘विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ । छिटै वार्ता सम्पन्न गर्ने समिति बनाएर भन्ने निर्णय भएको छ । आन्तरिक पार्टी संगठनात्मक विषयहरुमा पनि स्तरीय छलफल भएको छ ।’

प्रवक्ता सापकोटाले समसामयिक राजनीतिका बारेमा पनि छलफल भएको बताए । 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update