News 24 Television
'कुलिङ पिरियड छानबिनमा ठूला दलका नेताले हस्तक्षेप गर्नु गलत'

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद  शेरबहादुर कुँवरले कुलिङ पिरियडका सम्बन्धमा गठित छानविन समितिमाथि ठूला दलका शीर्ष नेताहरुले हस्तक्षेप गर्नु गलत रहेको बताएका छन् । 

मंगलवार प्रतिनिधि सभाको आकास्मिक समयमा बोल्दै ठूला दलका ठूला नेता र उच्चपदस्थ कर्मचारीको नेतृत्वबाट छानविन समितिमा हस्तक्षेप हुनु राम्रो नभएको उनले बताएका हुन् । सांसद कुँवरले मिडियामा आएजस्तो यदि छानविन समितिमाथि हस्तक्षेप भएको भए त्यो खेदजनक रहेको बताए ।

संसदीय छानविन समितिको समय सीमा सकिसकेको भए पनि प्रतिवेदन नआएको भन्दै उनले आपत्ति जनाए । 

सांसद कुँवरले भने– ‘असार २३ मा बनेको संसदीय छानविन समितिको सीमा सकिसकेको छ, अजै प्रतिवेदन आएको छैन । सुनिँदैछ, छानविन समितिमा पनि ठूला दलका ठूला नेताबाट हस्तक्षेप भएको र कर्मचारीको शिर्ष नेतृत्वबाट पनि हस्तक्षेप भएको भन्नेछ । यदी यो हो भने खेदजनक छ ।’

उनले छिटो भन्दा छिटो प्रतिवेदन बाहिर ल्याउन समेत आग्रह गरे ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update