
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले नागरिकका घर आगनमा पुगेर क्यान्सरका बिरामीको पहिचान गर्दै उपचार सेवा दिने अभियान सुरु गरेको छ। नागरिकका घर आगनमा गएर क्यान्सर रोग लागेको हो कि होइन पहिचान गर्दै निःशुल्क उपचार समेतको सेवा दिन थालेको छ।
यसका लागि अस्पतालले देशभरका विभिन्न जिल्लामा क्यान्सर सम्बन्धी शिबिर सन्चालन गरेर यो कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाएको छ । यो कार्यक्रममार्फत सर्बसाधरण नागरिकले ठूलो राहतको महसुस गरेका छन।
निःशुल्क उपचारको सेवा पाईरहेका पाँचथरका उषा लिम्बुले भनिन् ‘मैले यो अस्पतालमा जतिपनि उपचारमा लाग्ने सेवा निःशुल्क पाएँ । यस्का लागि अस्पताललाई विशेष धन्यवाद दिन चाहन्छु।'
सेवाग्राही उषाले अस्पतालमा स्वास्थकर्मीहरु बाट राम्रो उपचार सेवासमेत पाईरहेको बिचार व्यक्त गरिन्। क्यान्सर बिरामी पहिचान गर्न भक्तपुर क्यान्सर अस्पतालले देशभरी क्यान्सर सम्बन्धी शिबिर सन्चालन अभियान थालेको छ। सर्बसाधरण नागरिकका घर आगनमा पुगेर आयोजना गरिने यस्ता शिबिरले समयमै रोग पहिचान गरेर उपचार सेवा प्रदान गर्न सहज हुने भएकोले नागरिकलाई ठूलो राहत मिलेको अस्पतालका कार्यकारी निर्देशक डाः उज्वल चालिसेले बताए।
‘हामिले नागरिकका घर आगन मै पुगेर क्यान्सर शिबिरजस्ता कार्यक्रम आयोजना गरेका छौँ र शिबिरमा पहिचान गरिएका बिरामीहरु लाई अस्पतालमा बोलाएर निःशुल्क उपचारको सुबिधा समेत प्रदान गरेका छौ,’ डाः उज्वल चालिसेको भनार्इ छ ।
अस्पतालले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१–०८२ मा रुपन्देही कैलाली देखि पुर्बका पाँचथर संखवासभा जिल्लासम्मका ३१ स्थानमा क्यान्सर स्कृनिङ शिबिर सन्चालन गरिएको थियो। जसमा करिब १६ हजार नागरिकको स्वास्थ्य जाँच गरिएको थियो। शिबिरमा ६ हजार ८ सय ५३ महिलाहरुको प्याप स्पेयर ७ हजार ३ सय ३६ को स्तन जाँच र १४ सय ३१ को जनरल जाँच गरिएको अस्पतालका कार्यकारी निर्देशक डाः उज्वल चालिसेले बताए।
शिबिरमा पहिचान भएका केही बिरामीहरुको अस्पतालमा बोलाएर निशुल्क उपचार सेवा सुरु गरिएको छ। शिबिरमा धेरै महिलाहरुको पाठेघर र स्तन सम्बन्धीका समस्या देखिएको र समय मै उपचार गर्न अस्पताल बोलाउने गर्ने गरिएको अस्पतालका डाः एलिजा श्रेष्ठले बताइन्।
शिविरमा पहिचान गरिएका पाठेघर तथा स्तनका केही महिलाहरुको सफल अप्रेसन भएको समेत डा. एलिजा श्रेष्ठले उल्लेख गरिन् ।
शिबिरसँगै स्थानीय विद्यालयमा बिध्यार्थी संघसस्था र नागरिकहरुसँग क्यान्सर रोग सम्बन्धी छलफल तथा अन्तर्कृया समेत गरिएकोले धेरै नागरिकलाई क्यान्सर रोग सम्बन्धी चेतना पाएको समेत कार्यकारी निर्देशक चालिसेले उल्लेख गरे।
स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यमा सन्चालन भएका शिविरको मुख्य उदेश्य भनेकै नागरिकका घर घरमा पुगेर क्यान्सर रोगको पहिचान साथै सबै नागरिकको पहुँच सम्म चेतना पुर्याउनु हो । यस्लार्इ प्रभावकारी रुपमा लान स्थानीय तहले अब आ–आफ्नो नागरिकको क्यान्सर रोगको पहिचान गर्दै उपचार सेवा दिन बजेटको ब्यबस्थापन गर्नु पर्ने, हरेक नागरिकको स्वास्थ्य बिमा स्थानीय तहले गरिदिनु पर्दछ अस्पतालका कार्यकारी निर्देशक डाः चालिसेको भनाइ छ। यो अभियानलाई प्रत्येक वर्ष स्थानीय तह सङ्गको सहकार्यमा निरन्तरता दिने पनि चालिसेले बताए।
अस्पतालका नाक कान घाँटी बिभागका डक्टर रिजेन्द्र योगलका अनुसार प्रत्येक नागरिकमा नाक कान घाटिका क्यान्सर बिरामी बढ्न थालेको बताए। बर्षमा करिब ४ सय जनाको भक्तपुर अस्पतालमा सामन्य देखि जटिल अप्रेशन गर्ने गरिएको समेत डा. रिजेन्द्रको भनाइ छ । जसमध्ये ७० प्रतिशत क्यान्सरका बिरामी पाइएको पनि उनको भनाइ छ।