
भक्तपुर । भक्तपुर क्यान्सर अस्पताल विकास सिमितिको अध्यक्षमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठ नियुक्त भएका छन् ।
मन्त्री परिसदको हालै बसेको बैठकले प्रा.डा. श्रेष्ठलाई समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। अध्यक्ष नियुक्ति भएपछि सोमबार अस्पताल विकास समितिले राखेको स्वागत कार्यक्रममा अब अस्पतालको हरेक समस्या पहिचान गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
अस्पताललाई कसरी ब्यबस्थित र सेवा राम्रो दिन सकिन्छ, कर्मचारी सङ सहकार्य गरेर जानुपर्ने उनले उल्लेख गरे । नवनियुक्त विकास समितिका सदस्यहरुमा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख प्रा डा शरोज शर्मा, भक्तपुर नगरपालिकाका रबिन्द्र ज्याख्व, बिज्ञ चिकित्सक प्रा डा: अभिमन्यु झा, भक्तपुर अस्पतालका निर्देशक डा: सुरेन्द्र भट्ट तथा सङिता फुयाल रहेका छन् ।
सदस्य सचिबमा भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसे रहेका छन् । उनीहरूकाे कर्यकाल चार वर्षको रहने छ। नवनियुक्त समितिका पदाधिकारीलाई राखिएको स्वागत स्वागत कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक चालिसेले अस्पतालका समस्या भावी योजना, हालसम्मका प्रगतिको बिबरण प्रस्तुत गरेका थिए।