
काठमाडौं । पछिल्लो समय रोगहरू यसरी बढेका छन् कि रोग नै नलागेका मानिसहरू भेट्न नै मुस्किल छ । ब्यस्त दैनिकि, तनाव, फास्ट फूड र आधुनिक जीवनशैलीले हाम्रो स्वास्थ्यलाई चुनौती दिइरहेको छ । विश्व स्वास्थ्य संगठनले पनि जीवनशैलीजन्य रोगहरू विश्वभर तीव्र रूपमा बढिरहेको चेतावनी दिएको छ । यस्तै बेला, हजारौँ वर्ष पुरानो आयुर्वेद तथा प्राकृतिक चिकित्साको प्रयोग गरेर रोग लाग्नु अगाबै सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन् ।
अमेरिकन जर्नल अफ हेल्थ प्रमोशनका अध्ययनहरूका अनुसार, योग, ध्यान र प्राकृतिक आहारले तनाव हार्मोन ‘कोर्टिसोल’को स्तर घटाउँछ । यसले मधुमेह, मोटोपन र उच्च रक्तचाप जस्ता रोग नियन्त्रणमा मद्दत गर्छ । आयुर्वेद तथा प्राकृतिक चिकित्सा रोज्नेहरु रोग लागेर भन्दा स्वास्थ रहिरहनको लागि सचेत देखिन्छन् । यदि मानिसले उचित र प्राकृतिक आहारविहार र जीवनशैली अपनाउने हो भने मानिस रोगहरूबाट बच्ने मात्र होइन, पूर्णस्वास्थ्य लाभ प्राप्त गर्न सक्ने चिकित्सक बताउछन् ।
आयुर्वेदले दिनचर्या र ऋतुचर्यामा जोड दिन्छ । बिहान सुत्ने उठ्ने समय, खानपान र मानसिक शान्ति स्वस्थ स्वस्थ राख्न आयुर्वेद बढी महत्वपूर्ण मानिन्छ । फास्ट–फूडको सट्टा मौसमी खाना, अत्यधिक औषधिको सट्टा जडीबुटी र पञ्चकर्मले रोग प्रतिरोधात्मक क्षमता बढाएर मानिसलाई सधैं स्वास्थ रहन मद्दत गर्ने चिकित्सकको भनाई छ ।
सामाजिक संजालको अत्यधिक प्रयोग, अत्यधिक स्क्रिन टाइम र मानसिक थकान र भागदौडपुर्ण दैनिकीले मानिसलाई अस्वस्थ बनाइरहेको परिपेक्ष्यमा आयुर्वेदिक विधिहरू हाम्रो स्वास्थ्यको लागि अत्यन्त आवश्यक पनि छ ।
अनुसन्धानहरुले पनि नियमित योग र ध्यान गर्ने व्यक्तिमा मानसिक स्वास्थ्य सूचकांक ३०% सम्म सुधार हुने गरेको देखाएको छ । त्यसैले आधुनिक अनुसन्धान र आयुर्वेदको संयोजनले आयुर्वेदिक उपचारलाई अझ प्रभावकारी पछिल्लो समय अपरिहार्य जस्तै बनाइरहेको छ ।